कपिलवस्तु, असार ०५ ।
शम्भु बि.क.
कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका–६ जुड्पनियामा अवस्थित श्री रामशरण आधारभूत विद्यालयमा बालक्लबको पुनर्गठन गरिएको छ।
शिक्षक प्रहलाद थारुको अध्यक्षता तथा शिक्षक एवं सूचना अधिकारी शम्भु बि.क.को सञ्चालनमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका शिक्षकहरू निर्मला महतारा, नबिन यादव, राजेश कलवार, ज्ञानेन्द्र चाई र राजेश आरख लगायतको उपस्थिति रहेको थियो।
पुनर्गठित बालक्लबको अध्यक्षमा गोपाल यादव चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा धानी ठाकुर, सचिवमा शम्भु थारु, सहसचिवमा सागर कहाँर तथा कोषाध्यक्षमा शिवानी धोबी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा सन्ध्या कोरी, कविता मौर्य, मोनु मौर्य, निरज धोबी, दिवस थारु र अर्जुन धोबी चयन भएका छन्।
बालबालिकाको नेतृत्व क्षमता, सिर्जनशीलता तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयमा बालक्लब पुनर्गठन गरिएको विद्यालयको प्रधानाध्यापक जमुना अर्यालले बताउनुभएको छ।नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालय तथा समुदायको विकासमा सक्रिय भूमिका निर्वाह गर्न बिद्यालका बरिस्ठ शिक्षक सुर्य चापागाईंले आग्रह गर्नुभएको थियो ।


