स्वतन्त्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा बुढाथोकी चयन

रुपन्देही : स्वतन्त्र पत्रकार संघ रुपन्देहीको छैठौं जिल्ला अधिवेशन रुपन्देहीमा सम्पन्न भएको छ। स्वतन्त्र पत्रकार संघ नेपालका पुर्व केन्द्रिय उपाध्यक्ष राजेन्द्र जंग रायमाझीको संयोजकत्वमा प्रेम बुढाथोकी अध्यक्षमा चयन हुनुभएको छ। अधिवेशनले बुढाथोकीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रिया अधिकारी र भागवत भट्टराई चयन हुनुभएको छ भने सचिवमा सुधीर ठाकुर चयन हुनुभएको छ। त्यस्तै सहसचिवमा गोविन्द आचार्य र कोषाध्यक्षमा सरु वाग्ले चयन हुनुभएको छ ।

सदस्यहरूमा इज्जत कडेल, रमेश शर्मा र सुनिल खनाल चयन हुनुभएको छ भने राष्ट्रिय परिषदमा विरेन्द्र पाण्डे ,राजेन्द्र जंग रायमाझी, चक्रपानी डुम्रे, सीता दर्नाल र अनिल पहाडी चयन भएको संघले जनाएको छ ।

त्यसैगरी अधिवेशन निर्वाचन मण्डलका संयोजक रायमाझीले पत्रकार कुनै पनि पाटीगत नभएर स्वतन्त्र हुनुपर्छ । आवाज विहिनहरुको आवाज बन्नुपर्छ भन्दै नवनिर्वाचित टिमलाई  बधाई तथा शुभकामना  व्यक्त गरेका थिए।

नवनिर्वाचित कार्यसमितिले पत्रकारहरूको हकहित संरक्षण, व्यावसायिक विकास तथा स्वतन्त्र पत्रकारिताको प्रवर्द्धनमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

9:12 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार