एमबिबिएसको दलित कोटामा समाबेश भएका गैरदलितहरु नाम खारेजी गर्न माग

काठमाडौ : चिकित्सा शिक्षा आयोगले गत २६ नोभेम्बर २०२५ का दिन प्रकासन गरेको एमबिबिएस प्रवेश परिक्षा पासको दलित कोटामा ११ जना गैरदलितहरुको नाम खारेजी गर्न माग गरिएको छ ।

नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष दिनेश चमारको नेतृत्वमा गएको टोलीले चिकित्सा शिक्षा आयोग र राष्ट्रिय दलित आयोगको कार्यलयमा पुगेर गैरदलित समुदायहरुको नाम गैर कानुनू तरिकाले समाबेश गरि प्रकासन गरिएको , जसले गर्दा दलित समुदायहरुको हक ,अधिकार खोसिएको भन्दै पत्र बुझाएको हो ।

हरेक बर्ष बिभिन्न आयोगहरुले दलित समुदायको कोटामा गैरदलितहरुले फेक(झुठा ) बिवरण पेस गरि जागिर , कोटा खादै आएपनि आयोग , राज्यहरुले दलित समुदाय माथि ठुलो अन्याय गरिरहेको अध्यक्ष चमारले बताए ।

राज्यका निकायहरुमा कार्यरत कर्मचारीहरुको मिलेमतोमा पैसा खाएर दलित समुदायको कोटा खरिद बिक्री गरिरहेको अध्यक्ष चमारले आरोप लगाउदै दलित समुदायको कोटामा गैरदलितहरुको नाम समावेश गरि जागिर देखि लिएर हाल सम्मका सबै नियुक्ती छानबिन हुनुपर्ने माग समेत गर्नु भएको छ ।

चमार समाजका अध्यक्ष दिनेश चमारसगंको भेटमा  राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिकेले दलित कोटामा गैरदलितहरुको नियुक्ती वा कोटामा गैरदलितको नाम सिफारिस गर्ने काम तत्काल बन्द गर्न आफुहरु लागि परेको बताए । यस्तो दलितको कोटामा होस अन्यको कोटामा कसैले कसैको हक मार्नु भनेको मानवताको खिलाफ भएकोले आफुहरु सदैव दलित समुदायको हकका लागि कार्य गरिरहेको समेत अध्यक्ष बिकेले बताए ।

11:33 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार