ज्ञानज्याेतिद्वारा ४जीपीए ल्याएका बिद्यार्थीलाई सम्मान

रामबहादुर गन्धर्व -०१ जेष्ठ –

जिल्लाकाे बाणगङ्गा नगरपालिका ६ बैदौली स्थित कपिलवस्तु ज्ञानज्याेति शिक्षा सदनले माध्यमिक शिक्षा परीक्षा २०८२ काे सर्बाेत्कृष्ट ल्याएका बिद्यार्थीहरूलाई सम्मान तथा बधाई ज्ञापन गर्नुका साथै नव आगन्तुक बिद्यार्थीहरूलाई स्वागत गरेको छ। बिद्यालयमा बुधबार आयोजित कार्यक्रममा परिक्षामा सहभागी मध्ये तीनजना बिद्यार्थीहरूले माध्यमिक शिक्षा परिक्षामा ४जीपीए ल्याएर बिद्यालयकाे गौरब बढाएकाे भन्दै ट्रफी सहित बिशेष सम्मान गरिएको थियो ।साथै परिक्षामा सम्पूर्ण बिद्यार्थीहरू उत्कृष्ट नतिजा सहित उत्तीर्ण हुन सफल भएकोमा खादा,स्टेसनरी सामग्रीले सम्मान गरिएको थियो ।कपिलवस्तु जिल्ला भित्र रहेका बिद्यालयहरू मध्ये कपिलवस्तु ज्ञानज्याेति शिक्षा सदनले पहिलो स्थान हासिल गर्न सफल भएको प्रचार्य ठाकुर प्रसाद पाेख्रेलले बताए ।शिक्षक बिद्यार्थी र अभिभावक सबैकाे मिहिनेतले याे सफलता प्राप्त भएको उनले बताए । कार्यक्रममा प्रमुख अतिथि सराेज खनालले शिक्षा केवल अंक प्राप्त गर्ने माध्यम मात्र नभई बिद्यार्थीले वास्तविक जीवन र ब्यवहारिक संसारमा सिक्ने ज्ञान तथा सीप नै साँचो शिक्षा भएको स्पष्ट पारे। उनले बिद्यार्थीहरूलाई नैतिकता ,अनुशासन र ब्यवहारिक ज्ञानतर्फ पनि अग्रसर हुन आग्रह गरे। साथै उनले अगामी दिनमा बिद्यालयलाई अब्बल बनाउन आफ्नो भुमिका निरन्तर रहने प्रतिबद्धता जनाए । कार्यक्रममा अभिभावक बासु अर्यालले बिद्यालयले हासिल गरेको उत्कृष्ट नतिजाको आधार बिद्यार्थीहरूकाे मिहिनेतसँगै अभिभावकहरूकाे दिनरातकाे परिश्रम निरन्तर सहयोग रहेको बताए । उनले बिद्यालय प्रशासन ,शिक्षक तथा बिद्यार्थीहरूलाई शैक्षिक सफलताको लागि बधाई ज्ञापन गरें। बिद्यार्थी ,अभिभावक ,शिक्षकलगयतकाे सक्रिय सहभागीता रहेको उक्त कार्यक्रम शिक्षक चन्द्र बहादुर बि.क.काे स्वागत तथा सहायक प्रचार्य प्रकाश बिक.काे सञ्चालनमा सम्पन्न भएको थियो ।

12:50 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार