विजयनगर–६ मा २४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

विजयनगर, ९ माघ

कपिलवस्तुको विजयनगर गाउँपालिका–६ मा अध्ययनरत २४० जना विपन्न तथा गरिब विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। शुक्रबार वडा नम्बर ६ को वडा कार्यालय खडैचाले वडाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्विटर र टोपी वितरण गरेको हो।

श्री हरिबोध माध्यमिक विद्यालय प्रेमनगर, श्री रामशरण आधारभूत विद्यालय जुड्पनिया, श्री जनजागृती आधारभूत विद्यालय बद्दौर तथा उज्जलपुरस्थित बालविकास केन्द्रमा अध्ययनरत बालबालिकालाई न्यानो स्विटर वितरण गरिएको हो।

वडा सचिव उमेश दहालका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत एक लाख रुपैयाँ बराबरको रकमबाट कपडा खरिद गरी वितरण गरिएको हो। ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत विपन्न तथा गरिब विद्यार्थीलाई कपडा वितरण गर्न पाउँदा वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमबहादुर कलावारले खुशी व्यक्त गर्नुभयो।

स्विटर वितरण गरिएकोमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूले वडा कार्यालयलाई धन्यवाद दिएका छन्। न्यानो स्विटर लगाएपछि विद्यार्थीहरू निकै खुसी देखिएका छन्। वडाले अभिभावकको जिम्मेवारी लिएको भन्दै स्थानीयवासीहरूले समेत खुसी व्यक्त गरेका छन्।

6:55 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार