काठमाडौं : नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रिय कमिटिले निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी लगाएत तिनै जना निर्बाचन आयुक्तसगं छुट्टा छुट्टै छलफल गरेको छ ।
समाजका राष्ट्रिय अध्यक्ष दिनेश चमारको नेतृत्वमा गएको टोलीले दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र , ३३% महिला आरक्षणमा दलित महिला , पिछडिएका समुदायका महिला , त्यसमा पनि चमार, मुसहर , डोम समुदायका महिलाहरुलाई समाबेश , समानुपातिकका नाममा राजनितिक दलहरु वा तिनका पार्टी प्रमुखहरु वा पार्टी प्रमुखहरुको साली, भान्जी, श्रीमती , भाउजु, सम्धिनी, छोरी, बुहारीहरुका बारेमा बिशेष अध्ययन गरि उनिहरुको नाम समानुपातिक कोटाबाट हटाई गास , बास, कपासबाट बन्चितिकरणमा परेकाहरुलाई समानुपातिकमा नाम दर्ता हुनु पर्ने यदि त्यस्तो हुन नसकेमा त्यस्ता राजनितिक दलहरुलाई खारेजी लगाएत बिभिन्न ८ बुदै माग राख्दै छलफल गरेको हो ।
निर्वाचन आयोगका कार्यबाहक प्रमुख राम प्रसाद भण्डारी ज्यु, निर्वाचन आयुक्त मा. सगुन सम्शेर जबरा र आयुक्त जानकी कुमारी तुलाधर (पिएचडी) सगंको छलफलमा नेपालका राजनितिक दलहरुले दलित समुदायसगं गरिरहेको जातिय बिभेद, दमन आदीका बारेमा कुराकानी भएको समाजका बरिष्ठ सल्लाहकार सेवल महराले जानकारी दिनुभएको छ ।
छलफलका क्रममा निर्वाचन आयुक्त जानकी कुमारी तुलाधरले बिगतमा राजनितिक दलहरुले दलित समुदाय त्यसमा पनि मधेश भित्रका चमार , मुसहर, डोम समुदायसगं सबै भन्दा बढी अन्याय गरेकोले यस बिषयमा आफुहरु गम्भिर भएर निर्णय लिने प्रतिबद्धता जनाउनु भयो ।
आयुक्त तुलाधरले आउदै गरेको निर्वाचनमा दलित समुदायका सबै शिक्षित ब्यक्तित्वहरु मिलेर राजनितिक दलहरुले गल्ती गर्दा वा अन्याय गर्दा आफुहरुलाई समेत जानकारी दिन सुझाव दिनु भयो ।छलफलमा समाजका बरिष्ट सल्लाहकार सेवल राम , उपत्यका प्रतिनिधी राजेन्द्र चमार आयोगका सचिवहरु लगाएतले बिशेष छलफल गर्नु भएको छ ।


