रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउपालिका वडा नं ७ टिकर नौडिहवाका चमार समुदायहरु पहिलो पटक एकिकृत भएका छन । नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको कार्यक्रममा समाजसेवी शेषमन चमारको अध्यक्षतामा ३९ सदस्यीय गाऊ कमिटी गठन गरिएको छ ।
जसको बरिष्ठ उपाध्यक्ष अनिता चमार , उपाध्यक्ष बब्लु चमार , कोषाध्क्ष सन्तोष चमार एवं सदस्यहरुमा रामबचन हरिजन , रामलखन हरिजन , सोहरत हरिजन , बेचन हरिजन , बिश्वनाथ हरिजन , नन्दलाल हरिजन , कमलादेबी हरिजन , प्रेमा हरिजन , किरन हरिजन , अमरावती हरिजन , माया हरिजन लगाएत रहनु भएको छ ।
गाऊ कमिटीको सल्लाहकारमा समाजसेबी रामप्रसाद चमार , रामप्रित चमारलाई चयन गरिएको उपाध्यक्ष अनिता हरिजनले जानकारी दिनु भयो ।
कार्यक्रममा समाजका लुम्बिनी प्रदेश सदस्य दिपक चमार , गाउपालिकाका पदाधिकारी संजय चमार , समाजसेबी हरिद्वार चमार , केन्द्रीय अध्यक्ष दिनेश चमार लगाएतले समाजलाई एकिकृत गर्न सबै चमारहरु लाग्नुपर्ने र अधिकारका लागि संघर्ष गर्नुपर्ने बताएका थिए ।


