रुकुम पुर्वको प्रमुख जिल्ला अधिकारी सीता परियार

|

देशकै पहिलो दलित समुदायबाट नेतृत्व गर्दै गृह मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारी नेतृत्व गर्दै पदासीन भएकी सीता परियारलाई नेपाल दलित मुक्तिमोर्चाले रुकुमपूर्वमा स्वागत गरेको छ।

स्वागतसँगै आयोजित परिचयात्मक कार्यक्रममा रुकुमपूर्वमा दलित समुदायले भोग्दै आएका पीडा र चुनौतीबारे छलफल भएको छ। कार्यक्रममा अन्तरजातीय विवाह, जातीय छुवाछूत, शिक्षा, स्वास्थ्यलगायतका विषयलाई प्राथमिकताका साथ उठाइएको अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइलीले जानकारी दिएका छन्।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य उपेन्द्रलाल कामी र रुपधन कामी, मोर्चाका जिल्ला अध्यक्ष हर्कवीर कामी, अखिल (क्रान्तिकारी) रुकुमपूर्व अध्यक्ष चन्द्र रसाइली, नेपाल दलित पत्रकार महासंघका अध्यक्ष निराजन शेर्पाली, उपाध्यक्ष बालाराम शेर्पाली लगायत दलित अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।

5:27 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार