कपिलवस्तुमा तिजगित प्रतियोगिता सम्पन्न ।

|

 

भाद्र ६ कपिलवस्तु ।

शम्भु बिश्वकर्मा

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल शाखा कपिलवस्तु द्वारा आयोजित खुला तिजगीत प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रम कपिलवस्तुको बिजयनगर गाउँपालिका–६ प्रेमनगर हाटबजारमा सम्पन्न भएको छ ।

प्रतियोगितामा जम्मा पाँच समूहले सहभागिता जनाएका थिए । जसअन्तर्गत प्रथम स्थान संगम आमा समूह बिजयनगर–३ त्रीपालनगर, द्वितीय स्थान नवदुर्गा आमा समूह बिजयनगर–१, तृतीय स्थान हरिबोध माध्यमिक विद्यालय बिजयनगर–६, सान्त्वना स्थान लालिगुराँस समूह बिजयनगर–६ प्रेमनगर र पाँचौँ स्थान भुवनेश्वरी माध्यमिक विद्यालय बिजयनगर–३ जगदीशपुरले हासिल गरेका छन् ।

विजेतालाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो । प्रथमलाई १० हजार, द्वितीयलाई ६ हजार, तृतीयलाई ४ हजार, सान्त्वनालाई २ हजार र पाँचौँ स्थान हासिल गर्नेलाई १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले तिज पर्वलाई भड्किलो नबनाई सरल ढंगले मनाउन आग्रह गर्नुभयो । विशिष्ट अतिथि उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले महँगा लुगा–गहना बिना पनि आफूसँग जे छ त्यहीमा रमाउनुपर्ने बताउनुभयो । त्यस्तै महिला नेतृ एवं अधिकारकर्मी मिना परियारले पनि अरुको देखासिकी नगरी अवस्था अनुसार पर्व मनाउनुपर्नेमा जोड दिनुभयो ।

हजारौँ महिला तथा अन्यको उपस्थितिमा सम्पन्न कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल शाखा कपिलवस्तुका अध्यक्ष शम्भु विश्वकर्माले सबै सहभागी, सहयोगी, कलाकार, पत्रकार र दर्शकलाई धन्यवाद व्यक्त गर्दै सहज, सरल र सांस्कृतिक मूल्यमान्यता जोगाएर पर्व मनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा संघकी उपाध्यक्ष दिपिका सुनारले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव सागर सुनारले सञ्चालन गर्नुभएको थियो ।

1:09 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार