राम बालक यादव
कपिलवस्तु : दलित सामाजिक विकास केन्द्र डंगरी द्धारा मायादेवी गाउँपालिकाको ८ वटै वडामा रहेको ७० वटा आत्म निर्भर महिला समुहका सदस्यहरुलाई आयआर्जन व्यवसायको लागि सहयोग गरेको छ ।
७० वटा आत्म निर्भर महिला समुहका दलित , विपन्न , गरिब तथा मुस्लिम समुदायका १०५ जनालाई व्यवसाय अनुसारको अनुदान सहयोग गरेको छ । व्यवसायको प्रकृति अनुसार संस्थाल प्रति व्यक्ति १५ हजार देखि ४० हजार सम्म सहयोग गरेको छ ।
दलित सामाजिक विकास केन्द्र र युनाईटेड मिशन टु नेपालको संयुक्त साझेदारीमा सचांलित परिवर्तनको लागि बालबालिका , युवा तथा समुदाय परियोजना अन्र्तगत बिपन्न समुदायको जिविकोपार्जनका लागि सहयोग गरेको कुरा संस्थाका कार्यकारी निर्देशक राम शरण रैदासले जानकारी दिनुभएको छ ।
मायादेवी गाउँपालिका वार्ड नं ४ को उन्नती आत्म निर्भर महिला समुहका सदस्य आमिना खातुनले मोटरसाईकल ग्यारेज पसल गर्नको लागि ४० हजार प्राप्त गर्नु भएको छ । उहाँले प्राप्त सहयोगबाट जिविकोपार्जनमा सहयोग हुने कुरा बताउनु भएको छ ।
संस्थाले विपन्न समुदायको आयआर्जन वृद्धि गर्नको लागि ३२ लाख ७० हजार रुपैया सहयोग गरेको कुरा संस्थाको अध्यक्ष सुरजमती पासीले जानकारी दिनु भएको छ । त्यसै गरी संस्थाले मायादेवी गाउँपालिकाको ८ वटै वडाहरुमा शिक्षा , स्वाथ्य , पैरवी र जिविकोपार्जन जस्ता क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।


