कपिलवस्तु जिल्लाकाे शुद्धोदन गाउपालिका वडा नं ५ जयनगरमा ग्यास सिलिन्डमा खाना पकाउनेक्रममा जलेर दाई बैनीको मृत्यु भएको छ ।
आईतवार साझ घरमा रहेको ग्यासमा खाना पकाउनेक्रममा ग्यासको रेगुलेर खोले पछि आगोले १८ बर्षिया सोनम यादव र उनका दाई २५ बर्षिय शिव कृुमार यादव जलेर गंभीर घाईते भएको प्रहरी उपरिक्षक निरंजनदत्त भट्टले बताए ।
दुबैको उपचारकोक्रमा मृत्यु भएको हो । मृतक सोनम राष्ट्रिय माबि मुरफुटवामा कक्षा १० मा अध्ययरत थिईन । विद्यालयमा सोमवार शोक बिदा दिइएको प्रअ लालचन्द पाण्डेयले बताउनुभयो ।


