बिजयनगरमा माटोको ढिस्कोले पुरिदा १ जनाको मृत्यु १ जना  घाइते 

|

कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका १ नेवलागन्जमा माटोको ढिस्कोले पुरिदा १ जनाको मृत्यु भएको छ। नेवलागन्जमा बन्दै गरेको झोलुङ्गे पुलको फोन्डिसन खन्दै गर्दा माटोको ढिस्कोले पुरेको हो ।

बिहान करीब ११ बजेतिर माटोले पुर्दा बिजयनगर १ नेवलागन्ज निवासी अन्दाजी ३० बर्षका केशव थापाको मृत्यु भएको आधारभुत अस्पताल चन्द्रौले बताएको छ । बिजयनगर १ नेवलागन्ज निवासी अन्दाजी बर्ष ४८ का सर्जुलाल चौधरीलाई उपाचारको लागी बुटवल रिफर गरिएको छ।

12:40 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार