कपिलवस्तुकाे दुई ठाउँमा छुट्टाछुट्टै आगलागी, १५ लाख भन्दा बढी क्षति

|

धनी राम काेरी
कपिलवस्तु : कपिलवस्तु जिल्लाकाे दुई पालिकाकाे गहुँमा छुट्टाछुट्टै दुई ठाउँमा आगाे लागेर १५ लाख भन्दा बढीको क्षति भएको छ ।

शुद्धोधन गाउपालिका वडा नं. ५ देउपुर स्थित साेहि गाउपालिका वडा नं. ४ महादेव बस्ने तिलकराम यादव र जंगराम कहारको गँहु भएको खेतमा आगाे लागेको थियो ।

उक्त ठाउँमा लागेको आगाे स्थानिय २२ घर धुरीको अन्दाजी चार बिघा जग्गामा लगाइएको ३ लाख ६० हजार बराबरको  गँहु जलेर नष्ठ भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अर्को विजयनगर गाउपालिका वडा नं.१ चापागाउ स्थित स्थानिय गौतम बुद्ध साझेदारी बनमा लागेको आगो एककासी हावाहुरीको कारण स्थानिय कमला कोरी, रामजानकी कोरी, राम प्रसाद कोरी र चिन्नु मुराउको फुसले छाएको ४ वटा कच्चिमा सल्कदा  घरहरु पुर्ण रुपमा जलि नष्ट भएको र अन्दाजी ६ लाख बराबरको  क्षेति भएको प्रहरीले जानकारी दिएको छ ।

साेहि ठाउँमा बस्ने धनिराम कोरी, विजय कोरी, फोटु वढई, घिराउ कोरीको फुसले छाएको ४ वटा गोठ पूर्ण रुपमा जलि नष्ट भएको र अन्दाजी ३ लाख  बराबरको क्षेति भएको, फोटु बढईको गोठमा बाँधेको ६ हजारका बाख्रा जलेर जलि मृत्यु भएको हाे ।

साेहि ठाउँकाे राजेन्द्र कोरी र घिराउ कोरीको अन्दाजी १.५ विगाहमा लगाएको मुल्य ३ लाख बराबरको गँहु बाली जलि नष्ट भएको हाे ।

विजयनगरमा लागेको आगाेबाट जम्मा अन्दाजी मुल्य रु १२ लाख ६ हजार बराबरको क्षेति भएको प्रहरीले जानकारी दिएको छ ।

दुवै स्थानमा लागेको आगो  प्रहरी टोली, स्थानिय र दमकलको सहायताले आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

11:51 am प्रकाशित

धेरै पढिएको

ताजा समाचार