काठमाडौ : नेपाली चमार समुदायहरुको धर्म गुरु सन्त शिरोमणी गुरु रविदासको ६४८ औ जन्मज्यन्ति यसपाली नेपालको विभिन्न चमार समुदायहरुले १८ जिल्लामा विभिन्न कार्यक्रम गरी मनाएका छन ।
नेपाली चमार समुदायहरुको एक साझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रिय कमिटिको निर्देशनमा देशभरमा चमार समुदायहरुको हक अधिकार स्थापना का लागि यसपाली राज्यसगं आफनो धर्म गुरुको जन्मज्यन्तिको अवसरमा सर्बाजनिक विदाको माग गर्दै गृह मन्त्रालय मार्फत प्रधानमनित्र तथा मन्त्रि परिषदको कार्यलयलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र देखि लिएर विभिन्न जनजागरण कार्यक्रमहरु गर्दै देशैभर आफनो जातिका लागि विशेष कार्यक्रम गरेको छ ।
नेपालमा चमार समुदायहरुलाई राज्यबाटै असुरक्षा महसुस भएकोले अब सारा चमार समुदायहरु एकिकृत भएर राज्य तथा स्थानिय गैरदलित(विभेदकर्ता)हरुसगं लडनुपर्ने बेला आएको समाजका केन्द्रिय उपाध्यक्ष ओम प्रकास रामले आग्रह गर्नुभएको छ । साथै नेपालको तराई मधेशमा चमार समुदायहरुको जनसख्या १ दशमलव ३९ प्रतिशत रहेपनि राज्यको पहुचबाट अत्यन्तै टाढा रहेकोले अब यथासिघ्र ३००० चमार, युवाहरुलाई सामुहिक रुपमा सरकारको विभिन्न निकायमा पदस्थापन गर्नुपर्ने अर्का उपाध्यक्ष पुनित राम चमारले माग गर्नुभयो ।
चमार कल्याण समाज नेपालका प्रतिनिधिहरु बाके, बर्दिया, कन्चनपुर, कपिलबस्तु, रुपन्देही, नवलपरासी, बारा, पर्सा ,रौतहट, सर्लाही, धनुषा, सिरहा, सप्तरी, सुनसरी ,मोरगं , काठमाडौ उपत्यकामा भक्तपुर,ललितपुरका चमार समुदायहरु र झापाको दमकमा समेत विभिन्न कार्यक्रमहरु गरि मनाएका छन । यसपाली चमार कल्याण समाज नेपालले आफनो जातिय संगठनहरुको केही ठाउमा सहकार्य त कहि एक्लै मनाएर चमार जातिहरुसगं कसैले पनि राजनितिको नाममा धोखा दिए उनिहरुलाई आफुहरुले बाहिस्कार गर्ने चेतावनी समेत दिएको छ ।
चमार समुदायका केही नेताहरु आफु सांसद मन्त्रि बन्नका लागि साथै आफनो पार्टीका नेताहरुको चाप्लोसी गर्नका लागि आफनै समाजलाई भाडने कोशिस गरिरहेको भन्दै त्यस्तो कार्य नगर्न चमार कल्याण समाज नेपालले विशेष आग्रह गरेको छ । नेपाली नेताहरु देश विकासका लागि राजनिति गरे आफुहरु सहयोग गर्ने तर समाज भाडने कार्य गरेमा ठाउ ठाउमा प्रतिकार समेत गर्ने संगठनले बताएको । यसपालीको रविदास ज्यन्ति भब्यताका साथ मनाउनका लागि चमार कल्याण समाज नेपालले आफनो केन्द्रिय कमिटि ठाउ ठाउमा खटाएको र पुर्ण रुपमा कार्यक्रमहरु सफल भएको निष्कार्ष निकाले बताएको छ ।



