जनकपुरधाम : नेपाली चमार समुदायहरु माथि विभिन्न तवरबाट जातिय विभेदको सिमा नाघि रहेको भन्दै राज्य तथा समाजले विभेद यथासिघ्र नरोके देशभरका चमार समुदायहरु उहाहरुको विरुद्धमा आन्दोलन गर्न बाध्य हुने चमार कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष दिनेश चमारले चेतावनी दिनुभएको छ ।
बुधवार सारा नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल जिल्ला कमिटि धनुषाले बाह्र विगहामा आयोजना गरेको सन्तशिरो मणी गुरु रविदासको ६४८ औ जन्मज्यन्तिको भेलालाई सम्बोधन गर्दै अध्यक्ष चमारले देशभरका चमार समुदायहरुका युवाहरुलाई आफुहरु शिक्षाको ज्योति फैलाउदै एकिकृत गर्दै राज्य र स्थानिय गैर चमारहरुद्धारा जातिय विभेद कायम रहे तिनीहरुको प्रतिकार गर्न आफुहरु सक्षम रहेको बताउनु भयो ।
नेपालको तराई मधेश देखि लिएर देशभरमा चमार समुदायहरु माथि दिनहु जातिय विभेद , राज्यद्धारा झुठा मुद्दा , समाजमा रहेका गैरदलितहरुले चमार युवाहरुलाई विभिन्न झुठा मुद्दा लगाउने , राज्यले विभेदकर्ताहरुलाई पक्षपोषण गर्ने गरेको, विद्यालयमा पढिरहेका चमार, डोम,मुसहर समुदायका बालबालिकाहरुलाई विद्यालयकै कर्मचारीहरु जातिय विभेद गरिरहेको, चमार समाजक मुद्धालाई केही ब्यक्तिहरु आफनो ब्यक्तिगत स्वार्थ पुरा गर्नका खातिर फुटाउने कार्य आदी गरिरहेकोले त्यसतर्फ अहिलेका शिक्षित युवाहरु चमार समुदायहरु सचेत भएर लडनुपर्ने बेला आएको अध्यक्ष चमारको भनाई थियो ।
उहाले मधेश प्रदेश सरकारले दलित समुदायहरुको सशक्तिकरणका लागि दलित विकास समिति गठन गरेर चमार समुदायहरुलाई लालीपप खुवाएकोले उक्त समितिमा चमार समुदायहरुलाई केही मधेश प्रदेश सरकार धोखा दिएको अरोप लगाए । दलित विकास समिति जुन समुदायका लागि बनाईएको हो तिनीहरुको प्रतिनिधित्व नगराई धनीमनि आफनो नेता कार्यकर्ताहरुको भर्तीकेन्द्रको रुपमा बनाएको अध्यक्ष चमारले बताए ।
मधेश प्रदेशमा मधेशी दलितहरुको सबै भन्दा ठुलो दुश्मन मधेशबादी दलहरु देखि लिएर केन्द्रिय तहसम्मका सबै पार्टीहरु रहेकोले अब उनिहरुको विकल्प खोज्ने बेला आएकोले त्यसका लागि सारा चमार समुदायहरु एकिकृत समयमै हुन अहवान समेत गर्नुभयो । चमार कल्याण समाज नेपाल प्रवास कमिटिको आर्थिक सहयोग, प्रदेश कमिटिको संयोजन तथा जिल्ला कमिटिको आयोजनामा मधेश प्रदेशको राजधानी जनकपुरमा दोस्रो पटक हजारौको संख्यामा चमारहरु उपस्थिति भएर नगर परिक्रमा गरेका थिए ।


