आर्थिक विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण

|

ताैलिहवा, माघ २३
नेपाल अर्वुद रोग निवारण संस्था कपिलवस्तु शाखाले विपन्न परिवारका बालबालिकाहरुका लागि न्यानो कपडा तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

कपिलवस्तुनगरपालिका ३ जमोहरास्थितश्रीराधाचन्द्रआधारभूतबिद्यालयमाअध्ययनरतबालबालिकाहरुलाईजाडोयाममाबिद्यालयमापठनपाठनमासहजताहोस्भन्नेहेतुलेउक्तसामग्रीबितरणगरिएकोहो ।

बिद्यालयमा अध्ययनरत करिब ४७ जना ससाना बालबालिकाहरुलाई ज्याकेट तथा बिद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरिएको आयोजक नेपाल अर्वुद रोग निवारण संस्था कपिलवस्तु शाखाका अध्यक्ष राजेश ज्ञवालीले बताउनुभएको छ ।

चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय जान बाध्य बालबालिकाहरू न्यानो कपडा पाउदा खुसी भएका छन् । न्यानो कपडा अन्तर्गत बालबालिकालाई उपलब्ध गराइएको ज्याकेटले चिसो मौसममा राहत पुगेको बिद्यालयका प्रधानाध्यापक गीता खनालले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी रोयल थाई मोनाष्ट्री लुम्बिनीका भिक्षु सुपोत भन्तेले न्यायो कपडा तथा स्वास्थ्य सामग्री वितरण गर्दै आयोजक संस्थाप्रति आभार प्रकट गर्नुभयो ।

विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले आयोजक संस्थालाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजसेवी श्रीराजन खड्का, बलराम घिमिरे, गंगाधर आचार्य, शिवशंकर कान्दु, लगायतको आतिथ्यता रहेको थियो । बिद्यालयका प्रधानाध्यापक गीता खनालको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन इन्दिरा देवकोटाले गर्नुभएको थियो ।

5:43 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार