काठमाडौ : नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रिय कमिटिले चमार समुदायबाट एमविविएस पास तथा अध्ययन गरिरहेका दुई जनालाई सम्मान गरेको छ ।
समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारले नुवकोट जिल्ला अस्पतालमा मेडिकल अधिकृतको रुपमा कार्यरत डाक्टर असोक कुमार राम चमार र काठमाडौ मेडिकल कलेज सिनामंगलमा एमविविएस अध्ययनरत डाक्टर एवमं नेपाली चमार समुदायबाट पहिलो फिल्म निर्माता दिल्ली हरिजनलाई सम्मान गर्नु भएको हो ।
चमार कल्याण समाज नेपाल उपत्यका कमिटी एवमं केन्द्र कमिटिले आयोजना गरेको चमार समुदायका धर्मगुरु सन्त सिरोमणि रविदासको जन्मज्यन्तिलाई काठमाडौ लगाएत देशभरमा मनाउने बारे छलफल कार्यक्रममा डाक्टरहरुलाई सम्मान गरिएको हो ।
समाजकी केन्द्रिय महासचिव संगिता कुमारी रामको संचालनमा भएको कार्यक्रममा रविदास समाज सेवा काठमाडौका अध्यक्ष सिकिन्दर महरा, चमार कल्याण समाज नेपाल उपत्यका कमिटिका महासचिव प्रमोद राम ,सचिव रमाधिन चमार,उपत्यका कमिटिका उपाध्यक्ष पुकार महरा चमार, चमार समुदायका अगुवा रजिन्दर राम , जुरी राम, छुतहरु चमार, चमार विद्यार्थी समाजका प्रतिनिधि लक्ष्मण कुमार राम , चमार कल्याण समाज नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सेवल महरा चमार लगाएतको उपस्थिति रहेको थियो ।
बैठकले रविदास ज्यन्तिको अवसरमा काठमाडौमा गत बर्ष मनाए झै यसबर्ष पनि रविदास समाज सेवा र चमार कल्याण समाज उपत्यका कमिटि संयुक्त रुपमा मनाउने निर्णय गरेको छ ।


