मानव अधिकारकर्मी परियारले भवन निर्माणका लागी जग्गा दान गर्ने

|

कपिलवस्तु ।

मानव अधिकारकर्मी मिना परियारले राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा कपिलवस्तुको भवन निर्माणका निमित्त जग्गा दान गर्नु हुने भएको छ । शिवपुर निवासी मिना परियारले संघको भवन निमार्णका लागी व्यक्तिगत जग्गा दान गर्न लाग्नुभएको हो । उहाँले भवन निमार्णका निमित्त आठ दशमलव पाँच धुर जग्गा दान गर्न लाग्नुभएको तिलौराकोट अनलाइनलाई जानकारी दिनुभयो । संघ भवन निमार्णका लागी जग्गाको खोजीमा रहेको हुदाँ उहाले निःशुल्का जग्गा दान गर्ने निर्णय गरेको बताउनुभयो । केही दिनमै कानुनी प्रकृया पूरा गरि राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी, मानव अधिकार कर्मी मिना परियारद्धारा शिलान्यास गर्ने तयारी छ । भवन निमार्णका लागी जग्गा दान गरेकोमा कपिलवस्तु शाखा अध्यक्ष्य सम्भु वि क ले धन्यवाद खुशी व्यक्त गर्दै परियार दलित आन्दोलनको एक शसक्त खम्बा भएको बताउनुभयो । उहाँको यस कार्यले आफुहरुमा थप काम गर्ने उर्जा थपिएको बताउनुभयो ।

8:32 am प्रकाशित

धेरै पढिएको

ताजा समाचार