रुपा बि.क.द्वारा गौरिघाट मेला उद्घाटन, मगर एकता दिवसको शुभकामना व्यक्त

बिजयनगर, कपिलवस्तु

फागुन १४

— ४४औं मगर एकता दिवसको अवसरमा आयोजित १०औं गौरिघाट लोक सांस्कृतिक पर्यटन तथा खेलकुद मेला २०८२ को उद्घाटन पूर्व वन तथा वातावरण राज्यमन्त्री रुपा बि.क. ले गर्नुभएको छ।
बिजयनगर गाउँपालिका–१ भगिरामपुर गौरिघाटमा आयोजित उक्त मेलामा बोल्दै उहाँले मगर समुदायको पहिचान, भाषा, कला र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, मगर दिवसको शुभकामना व्यक्त गर्दै समुदायबीच एकता, सहकार्य र सांस्कृतिक जागरणको आवश्यकता औंल्याउनुभयो।
मेलामा राष्ट्रिय कलाकार तथा ख्यातिप्राप्त गायिका ज्योति मगर, लोक तथा दोहोरी गायक दिपक भण्डारी, गायिका सीता थापा, मिठु गुरुङ लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने मेला संयोजक प्रेम बहादुर थापाले जानकारी दिनुभयो।
मेला अवधिभर मगर तथा थारु समुदायका परम्परागत खानाका परिकार, स्थानीय हस्तकला, सांस्कृतिक झाँकी तथा विविध खेलकुद प्रतियोगिताहरू सञ्चालन हुने आयोजकले जनाएको छ।
स्थानीय पर्यटन प्रवर्द्धन, कला–संस्कृतिको संरक्षण तथा सामुदायिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त मेला क्षेत्रकै महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको

9:45 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार