काठमाडौ : आज चमार समुदायको साझा संगठन चमार कल्याण समाज नेपाल का केन्द्रीय अध्यक्ष दिनेश चमार तथा हामी सबै नेपालीका प्रेरणास्रोत डा. रामजी रामले संयुक्त रुपमा गृहमन्त्री ओम प्रकाश आर्यालसगं महत्वपूर्ण भेटघाट सम्पन्न भयो।
भेटघाटका क्रममा समाजका प्रतिनिधीहरुले नेपालभरका जिल्ला प्रहरी कार्यालयमा रहेका दलित हेल्प डेस्कको प्रभावकारिता, जिल्ला प्रशासन कार्यालयहरूमा तत्काल दलित हेल्प डेस्क स्थापना गर्नुपर्ने आवश्यकता, साथै देशभर भइरहेका दलितमाथिका घटना, विभेद, छुवाछुतजस्ता सामाजिक कुरीतिहरूलाई कानुनी रूपमा फास्ट ट्र्याकमार्फत अघि बढाउनुपर्ने विषयमा गम्भीर छलफल गरेका छन ।
विशेषगरी रुपन्देही, पर्सा र बारा जिल्लामा दलितमाथि भएका विभेदका घटनामा तत्काल अपराधी पक्राउ, पीडितलाई न्याय दिलाउने, साथै प्रहरी संगठनभित्र दलित प्रहरीहरूमाथि सरुवा, बढुवा र ड्युटीमा हुने विभेद अन्त्य गर्ने विषयमा गृहमन्त्री ज्युले तत्काल समाधानका लागि आदेश दिनुभएको छ।
गृहमन्त्रीले गृहमन्त्रालयबाट एक–दुई दिनभित्रै सूचना प्रकाशन गरी दलित हेल्प डेस्क स्थापना गरिने जानकारी समेत दिनुभएको छ।
दलित समुदायहरुको मुद्दालाई समय दिई गम्भीरतापूर्वक सुन्नु भएकोमा गृहमन्त्री ओम प्रकास आर्यललाई चमार कल्याण समाज नेपालले धन्यबाद समेत प्रकट गरेको छ ।


