दलित समुदायबाट पहिलो एआईजीसगं चमार समाजका प्रतिनिधीहरुसगं भेट

काठमाडौ : नेपाल प्रहरीको ईतिहासमा पहिलो पटक दलित समुदायमा उच्च ओहदा प्रहरी अतिरिक्त महानिरिक्षक हुनुभएको डम्बर बहादुर बि.क. सगं नेपाली चमार समुदायका आगुवाहरु भेटघाट गरेका छन ।

सारा नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष दिनेश चमारको नेतृत्वमा गएको टोलीले  नेपाल प्रहरीको हेडक्वाटरमा भेटघाट गरेको हो ।

नेपालमा जातिय छुवाछुत , दलित समुदाय माथिको अन्याय , शोषण , दमनहरुको घटनाहरु दर्ता प्रक्रियामा समेत स्थानिय प्रहरी अधिकारीहरुले नसुने झै गर्ने गरेको , पिडितहरुलाई समाजकै हुनेखानेहरुले बिचौलीयाको काम गरि उल्टै पिडितलाई झनै पिडित बनि रहेकोले यस बिषयमा पुलिस हेडक्वाटर नै युनिटहरुलाई बिशेष रुपमा परिचालन गर्नुपर्ने समाजका पदाधिकारीहरुले एआईजी बिकलाई आवगत गराएका छन ।

उनिहरुले यि लगाएतका घटनाहरुलाई पारदर्सी तवरले अनलाईन दर्ता गर्न , जसले पैसा कम लाग्ने , बिचौलियाहरुबाट बाच्न सहज हुने , दलित सेलहरुमा दलित समुदायकै प्रहरी अधिकृतहरु परिचालन गर्नुपर्ने , जुन जिल्लामा दलित समुदाय माथि बढी हिसां हुने गरेको छ ति जिल्लाको ईलाका प्रहरीहरुमा समेत दलित सेल स्थापना गराउन पहल गर्नुपर्ने आग्रह गरेका छन ।

भेटका क्रममा एआईजी बिकले अब प्रहरी र पिडित समाज साथमै रहेर कार्य गर्नुपर्ने , जसको लागि आफु र प्रहरीहरु सदैव दलित समुदायहरुको साथमै रहेको प्रतिबद्वता जनाउनु भयो ।

भेटघाटका लागि समाजसेवी एवं रौतहट जिल्लाका पहिलो चमार समुदायबाट डाक्टर एवं चमार समुदायका आईकन डा. रामजी राम , चमार समाज रुपन्देहीका प्रतिनिधी राजकुमार हरिजन र नेपालगन्जका डाक्टर राहुल कुर्मी लगाएतले प्रहरी पिडित समुदायको पक्षमा रहेर कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

10:29 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार