बिजयनगर गाउँपालिकाको आयोजनामा तिजमिलन कार्यक्रम सम्पन्न

|

 


हरितालिका तिजको अवसरमा विजयनगरमा शुभकामना आदानप्रदान तथा तिज मिलन सम्पन्न

कपिलवस्तु भाद्र ७
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाले महिलाको महान् पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम आयोजना गरेको छ । शनिबार गाउँपालिकाको सभाहल खडैचामा भव्य र सभ्य तरिकाले सम्पन्न भएको कार्यक्रममा स्थानीय महिला, जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले घरको अवस्था अनुसार पर्व मनाउनुपर्ने र अरुको देखासिकी गरेर खर्चिलो बनाउनु नहुने बताइन् । उनले संस्कार र परम्परालाई जोगाउँदै खुशीपूर्वक पर्व मनाउनु तर्फ सबैलाई आग्रह गरिन् ।

विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले तिजलाई अनावश्यक खर्चिलो नबनाई सरल र सान्दर्भिक तरिकाले मनाउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै अनेमा संघकी केन्द्रीय सदस्य शारदा शर्माले तिज पर्व महिलाको आत्मबल र सांस्कृतिक एकताको प्रतीक भएको उल्लेख गरिन् ।

कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले महँगो कपडा लत्ता किनेर वा ऋण लगाएर पर्व नमनाउन आग्रह गर्दै थोरैमा रमाउन सक्ने संस्कारलाई आत्मसात् गर्नुपर्ने बताइन् ।

कार्यक्रममा सहभागी वक्ताहरूले तिज पर्वले सामाजिक ऐक्यबद्धता र महिला सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै शुभकामना आदानप्रदान गरेका थिए ।

 

2:24 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार