बुटवल : नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालले रुपन्देही जिल्लामै पहिलो पटक आफ्नो समुदायलाई चिनाउने ध्याय लिएर राेहिणी गाउपालिका वडा नं ७ पर्सा गाउँमा द ग्रेट चमार टोलको बोर्ड स्थापना गरेको छ । स्थानिय राधश्याम चमारको अध्यक्षता एवं रोहिणी गा.पा. की उपमेयर शिवकान्ति चमार र चमार कल्याण समाज नेपालका केन्द्रिय अघ्यक्ष दिनेश चमारको बिशिष्ठ अतिंथि दिनेश चमारले संयुक्त रुपमा उदघाटन गर्नु भएको हो ।
अहिलेका युवाहरुले आफ्नो समाजलाई अगाडी बढाएको , समाज परिवर्तन, शिक्षामा विशेष जोड दिएकोमा सारा पालिका लगाएत देश नै खुसी भएको उपमेयर चमारले बताईन । चमार कल्याण समाजले सारा समाजको अधिकारको वकालत गर्दै राज्यमा पहुच बढाउन थप गृह कार्य गर्नुपर्नेमा उहाले जोड दिईन् ।
नेपालमा जबसम्म सारा समाज संगठित हुदैनन् तबसम्म देशको बिकास नहुने र राजनितिक पहुच समेत नहुने चमार कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष दिनेश चमारले बताउनु भयो । हाम्रो समाजको सबैभन्दा ठुलो खम्भा देश बिदेशमा रहेका चमार समुदायका युवाहरुको बिशेष सकृयताले हाल चमार कल्याण समाजले देशमा धेरै कार्यहरु गरिरहेको जानकारी दिनुभयो ।
समाजसेवी रमेश चमारको संचालनमा भएको कार्यक्रममा समाजको प्रदेश सदस्य दिपक चमार, सल्लाहकार बैजनाथ चमार, रोहित चमार, कार्यपालिका सदस्य , जय प्रकास हरिजन , जिल्ला कमिटी सदस्य सुरज हरिजन, राजमन चमार लगाएतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रमलाई सफल पार्न स्थानिय युवाहरु , आर्थिक सहयोगीदाताहरुलाई विशेष धन्यवाद जिल्ला कमिटिले दिएको छ ।



