महाराजगन्ज, साउन ३
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल महाराजगन्जकाे नगर अध्यक्ष पदबाट महेन्द्र प्रसाद बनियाले राजीनामा दिएका छन् । जिल्ला अध्यक्षलाई शनिवार बनियाले राजीनामा लेख्नु भएका छन् ।
संगठनमा योगदान गरेकालाई भन्दा नेताको गुटबन्दी र झोलेहरुलाई अवसर दिने र इमानदार व्यक्तिको कामको गर्ने वातावरण नभएको र स्थानीय नेतृत्वबाट सहयोग नभएको हुनाले राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी अध्यक्ष पदबाट राजीनामा दिएको बनियाले बताए ।
आफूले संगठनलाई सहयोग गर्ने कुनै पनि पदमा नबसेर काम गर्ने भन्दै संगठनमा अरु युवाहरूलाई अवसर दिन राष्ट्रिय युवा संघ नेपालको जिम्मेवारी त्याग गरेको बताए ।



