कपिलवस्तुको भाइरल डाडाले रोजगारी सिर्जना गर्दै , पर्यटकको चाप बढ्दै ।

|

शम्भु बिश्वकर्मा

कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ मा अवस्थित भाइरल डाँडा पछिल्लो समय पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । पुर्व–पश्चिम महेन्द्र राजमार्गमै रहेको यस स्थलको अवलोकन गर्न देश तथा विदेशबाट दैनिकी हजारौं पर्यटक आउने गरेका छन् ।

भाइरल डाँडामा शंकर भगवानको ठुलो भित्तामा ठूलो तस्बिर रहेको छ ।  र अर्को सानो डाँडामा विशाल नागदेवताको मुर्ती  बनाइएका कारण यस स्थानको आकर्षण झनै बढेको छ । प्राकृतिक रुपमा सुन्दर र मनोरम वातावरणले पर्यटकलाई मोहित बनाउने गरेको छ । पहाड काटेर बिचमा बाटो बनाइएको हुनाले दुवैतिर पहाड र बीचमा बाटो भएको दृश्य अत्यन्तै मनमोहक देखिन्छ ।

पर्यटकहरू महेन्द्र राजमार्ग हिँड्दा यहाँ रोकिएर फोटो खिच्ने,

टिकटक बनाउने , दर्शन गर्ने गरेका छन् । यस स्थानबाट शिवगढी मन्दिर समेत देख्न सकिने भएकाले धार्मिक दृष्टिले पनि यो क्षेत्रको महत्व बढेको छ ।

शिवराज नगरपालिकाका मेयर अजय थापाले भाइरल डाँडाले कपिलवस्तुको पहिचान दिन सफल भएको बताउँदै यसलाई अझ व्यवस्थित बनाउन नगरपालिका लागिपरेको जानकारी दिनुभयो । उता भाइरल डाँडा व्यवस्थापन समितिका अध्यक्ष एम.बी.सुनारले यस स्थानको व्यवस्थापनले १० जनलाई रोजगारी प्रदान गर्न सफल भएको बताउनुभयो । उहाँका अनुसार पहिले यो क्षेत्रमा ठूलो नाग देवता बाटो काट्ने विश्वास रहेकोले नै यहाँ नाग र शंकर भगवानको मुर्ति र तस्बिर बनाइएको हो ।

10:02 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार