जब पढबा तब जनगी आगे बढाईबा : उपमेयर शिवकान्ती चमार

|

बुटवल : रुपन्देहीको रोहिणी गाउपालिका की उपमेयर शिवकान्ती चमारले हाम्रो चमार समाजले जबतक पढदैन्न तबसम्म जिवन अगाडी नबढने बताउनु भएको छ । सारा नेपाली चमार जातीहरुको साझा संगठन चमार कल्याण समाज नेपाल गाउपालिका कमिटिले पालिका भरीबाट ७ जना चमार समुदायबाट एस.इ.इ. पास भएकाहरुको बधाई एवं सम्मान कार्यक्रममा उहाले सो कुरा बताएकी हुन ।  उपमेयर चमारले पैसा नभएर कुनैपनी चमार वा अत्यन्तै गरिब समुदायका बालबालिकाहरु विद्यालय जान नपाएकाहरुलाई स्कुल पढाउनका लागि आफुले कम्तीमा ५००० रु दिने , पालीका दलित समुदायका लागि लगभग १० लाखको बार्षिक योजना ल्याउन लागेको  जानकारी दिनुभयो ।

एस.इ.इ पास भएकाहरुलाई बिशिष्ट अतिथी कृष्ण मुरारी चमारले प्रमाण पत्र सहित सम्मान गर्नुभएको हो । सम्मानित हुनेहरुमा पुरन चन्द चमार रा.न.या. धकधई मा.वि. , धिरज हरिजन पशुपति मा.वि. , इन्द्रावती चमार पजरकट्टी मावि , शोभा कु. हरिजन छिपागढ मावि , आदित्य हरिजन पिपरहवा मावि , अनिल हरिजन बगहा माविका रहेका छन ।

समाजका प्रदेश कमिटिका प्रतिनिधी दिपचन्द चामारको अध्यक्षतामा भएका कार्यक्रममा बिशिष्ट अतिथी  सिडब्लुएसका सल्लाहकार कृष्णमुरारी चमार  , गापाका समाजसेबी हरिद्वार चमार , वडा न.७ का का.बा. वडाअध्यक्ष जग्गु चमार , सिडब्लुएस गा.पा. प्रतिनिधी रोहित चमार लगाएतले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रम सिडब्लुएस साउदी अरेवियाको आर्थिक सहयोग , दिपचन्द चमारको संयोजन , उपमेयर शिवकान्ती चमारको विशेष पहलमा सम्पन्न भएको हो ।

1:55 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार