कपिलवस्तु, जेठ २२
जनता समाजवादी पार्टी (जसपा) नेपाल कपिलवस्तु जिल्ला समिति द्वारा आयोजित प्रथम जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले जानकारी दिएका छन्। अधिवेशन भोली (जेठ २३ गते) भव्य रुपमा सम्पन्न हुने कार्यक्रम रहेको छ।
अधिवेशन सत्रको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले गर्ने कार्यक्रम तय भएको छ। यस अधिवेशनमा पार्टीका केन्द्रिय महासचिव राम कुमार शर्मा सहित अन्य केन्द्रिय नेताहरूको समेत उपस्थिति रहने जिल्ला सचिव शिवलाल यादवले जानकारी दिए।
“संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद” पार्टीका मूल उद्देश्य रहेको उल्लेख गर्दै जिल्ला अध्यक्ष यादवले यस अधिवेशनले संगठन सुदृढीकरण, नीति–रणनीति र स्थानीय नेतृत्व निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा जिल्लाभरिका प्रतिनिधिहरू, स्थानीय नेताहरु, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।


