भारतमा नेपाली चमार समुदायका अगुवाहरु सम्मानित (तस्बिर सहित)

|

दिल्ली : नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालका पदाधिकारीहरु भारतको दिल्लीमा आयोजना गरिएको एक विशेष कार्यकमबाट सम्मानित भएका छन ।

मित्र राष्ट्र भारतको नया दिल्लीमा रहेको सदगुरु रबिदास रिसर्च एण्ड च्यारिटेबल टृष्टले बेगमपुरा  अ रोड टु वल्ड पिस एण्ड हार्मोनी सम्बन्धी अन्तरराष्टिय कन्फरेन्सको कार्यकममा सम्मानित भएका हुन । समाजका राष्टिृय अध्यक्ष दिनेश चमार को नेतृत्वमा गएको टोलीलाई टष्टले सम्मान गरेको हो ।

सम्मानित हुनेमा समाजका केन्दिय अध्यक्ष दिनेश चमार ,केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र कुमार महरा , केन्द्रीय सल्लाहकार सुखदेव राम र मधेश प्रदेशका महासचिव सुनिल राम सम्मानित हुनुभएको हो ।

नेपाली चमार समुदायहरुको हकहितका लागि विशेष योगदान गरिरहेको र समाजले हरेक दुखसुखमा चमार समुदाय लगाएत दलितहरुको अधिकारका लागि सबै भन्दा बढि योगदान गरिरहेको भन्दै सदगुरु रविदास रिसर्चले विशेष सम्मान गरेको हो ।

नेपाली चमार समुदायहरुका लागि चमार कल्याण समाज नेपालले राज्य देखि लिएर स्थानिय स्तरमा विशेष कार्यहरु गर्दै आईरहेको र मित्र राष्ट्र भारतले आफुहरुले गरिरहेको कार्यलाई उच्च सम्मान दिनुभनेको सारा नेपाली चमार समुदायहरुको गौरवको कुरा रहेको सल्लाहकार सुखदेव रामले बताए ।

सिडब्लुएस नेपाल हाल अन्तर्राष्ट्रिय स्तरमा समेत नाम कमाई रहेको  र आउने दिनमा देशभरका चमार समुदायका लागि अझ बेशी कार्य गर्ने उहाले बताए ।  नेपाली चमार समुदायहरुलाई मित्र राष्ट्र भारतका विद्धवान समुदायहरुको संगठनले पहिलो पटक स्वतन्त्र रुपमा आफुहरुलाई विशेष सम्मान गर्नु र विशेष अवसर दिएर नेपाली चमार समुदायहरुको बारेमा कुरा राख्ने मौका दिएकोमा समाजले आयोजकलाई विशेष धन्यबाद दिएको छ । कार्यक्रममा चमार समुदायबाट अमेरिका, युके, युरोप, कतार र जपान लगाएतका देशबाट सहभागिता रहेको थियो ।

6:14 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार