जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाउन हरिनासमा सार्वजनिक विदा

|

धनी राम काेरी
स्याङ्जा जिल्लाको हरिनास गाउँपालिकाले ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बुधवार जेठ २१ गते परेको ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस’को अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

पालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य संस्था, सबै विद्यालयहरुमा स्थानीय सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।

यस गाउँपालिका भित्र रहेका सबै समुदायहरुले जातीय विभेद हटाउने र सामाजिक सद्भाव कायम गर्ने कार्यक्रमहरु सञ्चालन गरी सामाजिक एकताकाे सन्देश दिनुहुन पालिकाले  हार्दिक अपिल गरेको छ ।

10:00 am प्रकाशित

धेरै पढिएको

ताजा समाचार