कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ बसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको कारले बिहान बसन्तपुर पन्थी टोलमा दुई जना पैदलयात्रुलाई ठक्कर दिएको थियो। ठक्करबाट दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो।
मृतकहरूमा बसन्तपुर निवासी ६० वर्षीया शान्ता खत्री र सोही ठाउँकी तिल कुमारी रायमाझी रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।


