कपिलवस्तुमा पाखुरा कुस्ती सम्पन्न 

|

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ९  हरनामपुरमा पाखुरा कुस्ती कार्यक्रम सम्पन्न भएको छ ।

खटिक इन्टरप्राइजेजको आयोजना र आर्थिक सहयोगमा पाखुरा कुस्ती कार्यक्रम सम्पन्न भएको हो । पाखुरा कुस्ती कार्यक्रममा कपिलवस्तु नगरपालिका भित्रका १६ जनाको सहभागिता रहेको थियो ।

पाखुरा कुस्तीमा कपिलवस्तु नगरपालिका ६ रामापुरका ८२ किलो ग्राम तौल भएका दिपांशु रैदास प्रथम, कपिलवस्तु नगरपालिका ९ का ६२ किलो ग्राम तौल भएका कृष्ण थारु द्वितीय स्थान हासिल गरेका छन् ।

प्रथम तथा द्वितीय स्थान हासिल गर्नेलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको खटीक इन्टरप्राइजेजका संचालक सुरेश खटिकले बताउनुभयो । कपिलवस्तुबाट सुरु गरि देश भरि बाट पाखुरा कुस्तीका खेलाडी उत्पादन गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मेरो देश नेपाललाई चिनाउने खटिकले बताउनुभयो ।

रेफ्रीको भुमिकामा कपिलवस्तु नगरपालिका ९ का अमृत खटिक रहेका थिए । शुसान्त थारु, गगन रैदास , निखिल थारु ,जय प्रकाश पासवान ,नितेश यादव ,अमन थारु ,राजन नाउँ ,संजय थारु लगायत कुस्ती कार्यक्रममा १६ जना प्रतिस्पर्धी सहभागी भएका थिए ।

 

8:22 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार