सिरहा र सप्तरीमा दलित महिलाहरुको हत्याप्रति चमार कल्याण समाज नेपालको गम्भिर ध्यानकार्षण

|

काठमाडौ : सप्तरी र सिरहा जिल्लामा दलित चमार, मुसहर समुदायका महिलाहरुलाई बलत्कार पछि हत्या भएको घटना प्रति नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रियक कमिटिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सिरहा जिल्लामा केही दिन पहिला मात्रै दलित मुसहर समुदायकी रिकुं सदाको बलत्कार पछि हत्या भएको घटना नसेलाउदै अर्को नरहा गा.पा. ३ की २५ बर्षिय आनन्दी देबी सदा मुसहरलाई नवराजपुर ३ जगतपुरका यादव समुदायका मानिसहरु मिलेर सामुहिक रुपमा बलतकार गरेर फरार रहेको तर प्रहारीले पिडितको जाहेरी समेत लिनबाट हिचकिचाएको थियो ।

पिडितकी आमाले जाहेरी लिएर जादा उल्टै प्रहारीले जमिन्दार श्यामसुन्दर यादव र संजिव कु. यादवको प्रलोभनमा परि हप्की दप्की दिदै दुख दिएको थियो । घटनालाई दबाउनका लागि स्थानिय नेताहरु देखि लिएर प्रहारी समेत सक्रिय भएको चमार कल्याण समाज नेपाल जिल्ला कमिटि सिरहाले जनाएको छ ।

घटनामा संलग्नहरुलाई स्थानिय नेताहरुले नै भारत भगाएको र यता पिडितहरुलाई जाहेरी फिर्ता लिन दबाव दिईरहेको समाजकी जिल्ला कमिटि प्रतिनिधि पुनम कुमारी महराले जानकारी दिएकी छिन । उता सप्तरी जिल्लाको सुरुगां न.पा. हरिपुरमा पुजा कुमारी महराको बैशाख २ गते राति शंकास्पद रुपमा मृत्युहुनु गम्भिर विषय बनेको चमार कल्याण समाज नेपालले जनाएको छ ।

मधेश प्रदेशमा हरेक महिना चमार, डोम , मुसहर समुदायहरु प्रति भैरहेको अत्तयाचारको विरुद्धमा सारा न्याय प्रेमीहरु एकबद्ध भएर आन्दोलनमा आउन समेत आग्रह प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

6:49 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार