काठमाडौ : नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालले नया साल २०८२ तथा बाबा साहेब भिमराव आम्बेडकरको जन्मज्यन्तिको अवसरमा देशभरमा विभिन्न कार्यक्रम गरि मनाएको छ । समाजको केन्द्रिय कमिटिका अध्यक्ष दिनेश चमारका अनुसार नेपालमा चमार समुदायहरुले दलित समुदायहरुको मसिहा अम्बेडकरको जन्मज्यन्तिको अवसरमा धनुषा जिल्लाको लक्ष्मिनिया गा.पा.मा बालबालिकाहरुलाई कापी कलम बाडेको छ ।
समाजका मधेश प्रदेश अध्यक्ष सुरेन्द्र रविदास तथा धनुषा जिल्ला अध्यक्ष प्रगास महराको नेतृत्वमा प्रदेश सभासद रामअशिष यादवको अतिथ्यतामा चमार समुदायका बालबालिकाहरुलाई कापी कलम बाडिएको हो । बाबा भिमराव अम्बेडकरको जन्मज्यन्तिको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरमा चमार कल्याण समाज नेपाल मधेश प्रदेश कमिटिको आयोजना , साउदी शाखाको आर्थिक सहयोग तथा जिल्ला कमिटिको संयोजनमा प्रभातफेरी रैली निकालिएको थियो ।
रैलीमा चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाजले गर्दै आईरहेको कार्यहरुलाई सारा चमार समुदायहरुले सरहना गरिरहेको र अब अगामी दिनमा अझै राम्रो कार्य गर्ने जिल्ला सचिव विजय चमारले जानकारी दिनुभयो । उता नया सालको अवसरमा एक बर्षमा लाग्ने दुषाध समाजका धर्म गुरु राजा सालहेसको ज्यन्तिको अवसरमा सिरहा जिल्लाको लहान फुलबारी मेलामा लगभग ३ हजार जनालाई निशुल्क पानी वितरण गरेको छ । लहानको परोपकार हेल्थ केयरको विशेष ब्यवस्थापन एवमं सिडब्लुएस दक्षिण कोरिया , साउदी अरेवियाको आर्थिक सहयोग तथा चमार कल्याण समाज नेपाल जिल्ला ,केन्द्रिय कमिटिको आयोजनामा सो पानी वितरण गरिएको हो । जातिय छुवाछुत अन्त्य होस समाजिक सदभाव कायम होस भन्ने उद्देश्यले आफुहरुको समेत पानी चलोस भनी निशुल्क पानी वितरण गरेको हेल्थ केयर सेन्टरका प्रमुख डा.कासिन्द्र महरा चमारले बताए ।
डाक्टरका अनुसार आफुले हरेक बर्ष विहानै देखि पानी जनताहरुलाई पानी वितरण गर्दै आईरहेको र यसपाली अफिसियली रुपमै चमार कल्याण समाज नेपालको नेतृत्वमा पानी वितरण गरिएको र यसबाट आफु लगाएत सारा आफुहरुको टिम खुसि रहेको बताए । पानी वितरण कार्यक्रममा मधेश प्रद्रेशकी पुर्ब प्रदेश सभा सदस्य सुनिता मोची चमार, ई.सन्तोष महरा , केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कु.महरा , जिल्ला कमिटिकी पुनम कुमारी महरा , जिल्ला सचिव भरोशी महरा चमार , उपाध्यक्ष रामसुन्दर महरा लगाएतको सहभागिता रहेको थियो ।
यस्तै चमार कल्याणकै चमार युवा मन्च नवलपरासीले पुर्ब राष्ट्रिय सभासदस्य रामलखन चमारको प्रमुख अतिथ्यतामा नवलपरासीको स्तुपामा विशेष कार्यक्रम गरि महामानव अम्बेडकर ज्यन्ति मनाएको । जिल्ला अध्यक्ष संजय कु. हरिजनको नेतृत्वमा लुम्बिनी सस्कृतिक न.पा. रुपन्देहीकी उपमेयर कल्पना हरिजन, सरावल गा.पा.की उपाध्यक्ष बासमती चमार लगाएतको विशेष उपस्थिति रहेको समाजका उपाध्यक्ष पंकज हरिजनले बताए । अम्बेडकर ज्यन्ति रुपन्देहीको रोहीणी गा.पा., कपिलबस्तुको तौलीहवा, नेपालगन्ज, सप्तरीको महादेवा गा.पा., सुनसरीको ईटहरिमा ईन्दु रामको नेतृत्वमा , मोरगं जिल्लामा चन्द्रेश्वर हरिजनको नेतृत्वमा , पर्सा जिल्लामा मधेश प्रदेशका महासचिव सुनिल रामको नेतृत्वमा रक्तदान लगाएत गरि अम्बेडकर ज्यन्ति मनाईएको छ ।



