शिवराज नगरपालिकाका रियल हिराे हुन राजेन्द्र

|

कपिलवस्तु : शिवराज नगरपालिकाका रियल हिरो वहाँ हुनुहुन्छ । ४० वर्षीय राजेन्द्र कुर्मी पटेल , शिवराज नगरपालिकामा विगत ८ वर्ष देखि कार्यरत वारुणयन्त्रका चालक सरल , सालिन नम्र स्वभाव भएका पटेलको कठिन र कठोर कार्यको सुरुवात कति बेला हुन्छ भन्ने थाहा नै हुँदैन ।

आफ्नो कार्य प्रति इमान्दारी पूर्वक २४ शै घण्टा तयारी अवस्थामा बस्नु हुन्छ । कति बेला फोनको घण्टी बज्छ र हतारिदै साइरन बजाउँदै घटनस्थलमा पुगी आफ्नो कार्य सम्पन्न गरी फर्किनु वहाँको दिनचर्या हो ।

कुनै कुनै बेला त भोक भोकै भएर पनि घटनस्थाल मा पुगी कार्य गर्नु पर्ने अवस्था आएको हुन्छ । अहिले हावा हुरी र आगजनी बढी हुने समय भएको ले निरन्तर तयारी अवस्थामा नै बस्नु हुन्छ ।

आगो लागेको सूचना पाउने बित्तिकै शिवराज नगरपालिका भित्र मात्रै नभएर विजयनगर गाउपालिका, कृष्णनगर नगरपालिका, महाराजगन्ज नगरपालिका र कपिलवस्तु नगरपालिकामा समेत पुग्नु हुन्छ ।

त्यस्तै अवश्यक परेको बेला जिल्लामा मात्र सीमित नभई छिमेकी जिल्ला दाङ तथा रूपन्देही जिल्ला मा समेत जाने गरेका छन् । धेरै ठाउँमा आफूले गरेको कार्य देखेर सीडीओ तथा अधिकृतहरु बाट पुरस्कृत पनि भएका छन् ।

वास्तवमा हेर्दा न्यूनतम पारिश्रमिक र जोखिम कार्य भए त पनि आफ्नो कार्य बाट सन्तुष्ट रहनु भएका राजेन्द्र पटेल विभिन्न सामाजिक कार्यमा पनि उतिकै अग्रसर र सक्रिय रहनु हुन्छ । रक्तदान देखि लिएर सामाजिक जनचेतनामूलक र सरसफाई कार्यमा वहाँ को उपस्थिति भएकै हुन्छ ।

नम्र सालिन व्यवहारबाट जो कसैलाई पनि प्रभावित पार्न सक्ने पटेल आफूले गरेको मेहनत र कार्य को मुल्यांकन न हुँदा दुःख लाग्ने गरेको गुनासो सुनाउछन् । कतिपय अवस्थामा आफूलाई संचो न भएको बेलामा पनि आगजनी भएको स्थलमा सूचना पाउने बित्तिकै पुगे त पनि स्थानीयहरुले दमकल ढिलो आयो भनेर भन्दै गर्दा मन् खिन्न भएको तीतो अनुभव सुनाउनु भयो ।

तर जे जस्तो भए त पनि आफ्नो कार्य प्रति सधैं तत्पर रहने शिवराज नगर पालिकाका मन्द मुस्कानसहितको रियल हिरो हुन राजेन्द्र कुर्मी पटेल (बच्चा दाई ) वहाँको कार्यप्रति शिवराज नगरपालिका र शिवराज बासी ले सधैं सम्मान र नमन् गर्दैछन् ।

8:39 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार