चमार कल्याण समाज नेपालले मधेश प्रदेशका मुख्यमन्त्रि कार्यलय घेराऊ गर्दै

|

मधेश : नेपालमा दलित समुदायहरु माथि चौतर्फी रुपमा भैरहेको अत्याचार, हत्या, हिसांको विरुद्धमा नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालले भोली देखि मधेश प्रदेश सरकारको मुख्यमन्त्रि कार्यलय घेराऊ गर्ने भएको छ ।

नेपालमा सबै भन्दा बढि मधेश प्रदेश र लुम्बिनी प्रदेशमा चमार, डोम, मुसहर, पासी, धोबी समुदायका दलितहरु माथि गैरदलितहरुले अत्याचार गर्दा समेत राज्य सरकार देखि लिएर केन्द्र सरकारले हत्याराहरुलाई खुलेरै समर्थन(बचाउन) गरेको आरोप  लगाउदै घेराऊ गर्ने समाजका केन्द्रिय सदस्य राकेश महरा चमारले जानकारी दिनुभएको छ ।

उहाका अनुसार हालै मधेश प्रदेशको सिरहा जिल्लामा मुसहर समुदायकी रिकुं सदालाई सामुहिक रुपमा बलत्कार गरि हत्या गर्ने हत्याराहरुलाई प्रदेश सरकारमै रहेका केही नेताहरु बचाउन खोजेको, पन्चहरुलाई पक्राउन नगरेको, घटनालाई दबाउन पैसाको लोभ दिएको  आरोप लगाएका छन ।

मधेश प्रदेशका दलित समुदायहरु माथि यसरी अन्याय हुदा मधेशमा बसोबास गर्ने गैर दलितहरुले समेत समर्थन गर्नुपर्ने , हत्याराहरुलाई कारवाहीको दायरामा ल्याउनका लागि अब दलितहरु एकिकृत भएर आन्दोलनको आधी ल्याउनुपर्ने जिल्ला अध्यक्ष प्रगास महरा चमारले बताएका छन ।

उता नवलपरासी जिल्लामा आज मुस्लिम समुदायकी केटीसगं दलित समुदायका केटाले प्रेम गरेकै निहु पारेर दलितहरु माथि कुटपिट , गाडीहरुमा आगजनी, प्रहरी माथि हमला जस्ता कार्य भएकोमा चमार कल्याण समाज नेपाल लुम्बिनी प्रदेश गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । लुम्बिनी प्रदेशमा समेत दलितहरु माथि अन्यायको सिमा नाघि रहेको भन्दै राज्य सरकार समयमै गम्भिर नभएर लुम्बिनी प्रदेशमा समेत दलितहरु आन्दोलन गर्न बाध्य हुने समाजले चेतावनी दिएको छ । भोली देखि मधेश प्रदेशको मुख्यमन्त्रि कार्यलय आगडी घेराऊ गर्नका लागि सारा दलित समुदायका सघंसस्थाहरु, जातीय संगठनहरुलाई सहभागिताका लागि समाजले विशेष अहवान गरेको छ ।

10:31 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार