चमार समुदायहरुका लागि नेपालमै पहिलो पटक सप्तरीको खडक नगरपालिकाद्धारा सार्वजनिक विदा

|

सप्तरी : नेपाली चमार समुदायहरुको धर्मगुरु सन्त शिरोमणी गुरु रविदासको जन्मज्यन्तिको अवसरमा नेपालमै पहिलो पटक सप्तरी जिल्लाका खडक नगरपालिकाले आफनो पालिकामा सर्बाजनिक विदा घोषणा गरेको छ ।

नगरपालिकामा चमार समुदायहरुको बाहुल्यता रहेको र आफुहरु सबै जात जातिहरुको धर्म गुरुहरुको उच्च सम्मान गर्ने भएकोले सर्बाजनिक विदा घोषणा गरिएको नि.कार्यलय प्रमुख चन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।

यता नेपालमै पहिलो पटक स्थानिय सरकारको रुपमा खडक नगरपालिकाले सर्बाजनिक विदा घोषणा गरेकोमा चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रिय कमिटि  लगाएत विभिन्न चमार संगठनहरुले स्वागत गरेका छन । चमार कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष दिनेश चमारले खडक न.पा.ले चमार समुदायहरुको उच्च सम्मान गरेको र यस्तो कार्य देशभरकै सबै स्थानिय सरकारले गर्नुपर्ने माग गर्नुभयो ।

उता लुम्बिनी प्रदेशको लुम्बिनी सांस्कृतिक नगरपालिकाले यसपालि चमार समुदायहरुको धर्म गुरु सन्त शिरोमणी रविदासको जन्मज्यन्तिको अवसरमा सर्बजनिक विदा गराउन नसकेपनि अगामी बर्ष जसरी भएपनि सर्बाजनिक विदा घोषणा गर्ने नगरकी उप प्रमुख कल्पना हरिजनले प्रतिबद्धता ब्यक्त गर्दै सारा चमार समुदायहरुले भब्यताका साथ रविदास ज्यन्ति मनाउदै आफनो समुदायको हक अधिकारका लागि लडनुपर्ने र त्यसका लागि आन्दोलनमा होमिन तयारी गर्नुपर्ने बताईन ।

7:44 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार