सरस्वती पुजामा शिक्षकद्वारा दलित विद्यार्थी माथि विभेद

|

सिराहा : वि.सं २०६३ जेठ २१ गते नेपाललाई छुवाछूत भेदभाव मुक्त राष्ट्र घोषणा गरिएको हो । नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् ।

नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १८ वर्ष बित्यो। जातीय विभेदलाई कानुनी रूपमा दण्डनीय बनाइएको छ। संविधानमै छुवाछूत तथा भेदभावविरुद्धको हकको व्यवस्था छ। तर, दलित समुदायमाथि हुने भेदभावको घटना अझै रोकिएको छैन। यसकै एक प्रतिनिधि घटना हो बस्तिपुर माध्यमिक विद्यालयमा एक जना दलित विद्यार्थी सङ्ग  विभेद गरिएको छ।

सिरहाको लहान नगरपालिका -१४  स्थित बस्तिपुर माविमा सरस्वती पुजामा प्रत्येक वर्ष कक्षा ९ मा प्रथम हुने विद्यार्थीलाई पुजामा बसाउने चलन ( प्रथा) रहि आएको थियो तर यसपाली दलित छात्र कृष्ण राम ( चमार) प्रथम विद्यार्थी भएकोले उक्त प्रथा तोडिएको र म सङ्ग भेदभाव गरिएको विद्यार्थी राम बताउछन।

विद्यार्थी रामका अनुसार “विद्यालयको कामले म लहान बजार गएको थिए।पुजा सुरु हुनु भन्दा अगाडी नै म विद्यालयमा आए । विद्यालयको प्राङ्गणमामा आएपछि  पुजा समितीका संयोजक तथा शिकक योगेन्द्र यादव र पुजा गराउने पण्डितलाई सोधे कि सर म पुजामा बस्छु कि नै पण्डितले मान्दैन शिक्षक यादवले बताउछन्” ।

त्यही विद्यालयमा दिवा खाजा सम्बन्धि रिपोर्टिङ गर्न गत माघ २३ गएका लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक तथा पत्रकार शितल शाह माथी  त्यही विद्यालयका प्रधानाध्यापक देवेन्द्र यादवले दुर्ववहार समेत गरेको थियो।

विद्यालयमा विद्यार्थीहरुलाई चार दिनको पुरानो बासी बुनिया खुवाएको गुनासो आएपछि सो विषयमा रिपोर्टिङ गर्न गएका पत्रकार शाहलाई प्रधानाध्यापक यादवले दुर्ववहार गरेका हुन।

पत्रकार माथी यस्तो दुर्ववहार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको ढाडो उल्लंघन गरेको यस्ता कार्य प्रति महासंघले घोर भत्सर्ना गरेको छ।साथै पत्रकार महासंघ सिराहाले दोषीलाई तत्काल आवश्यक कारबाही गर्न सम्बन्धि निकास सङ्ग आग्रह गरेको छ ।

5:19 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार