काठमाडौ : चमार समुदायका युवा अन्तरजातिय विवाह गरेकै कारण नेपाल सरकारको संघिय गृह मन्त्रि रमेश लेखकले विस्थापित गर्न खोजेको भन्दै चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल उपत्यका कमिटि एवमं केन्द्रिय कमिटिका पदाधिकारीहरुले काठमाडौमा गृहमन्त्रिको राजिनामा माग गर्दै प्रर्दशन गरेका छन ।
समाजका उपत्यका कमिटिका अध्यक्ष मनोज कु. राम चमार एवमं केन्द्रिय सल्लाहकार सेवल महरा चमारको नेतृत्वमा सर्लाही जिल्लाको र्बहथवा न.पा.का सत्येन्द्र राम चमार र सोही स्थानकी नेहा रौनियारले अन्तरजातिय विवाह गरेकै कारण नेहाका बुवा सुरेन्द्र रौनियारले विवाहित जोडिलाई अलग गर्ने हेतुले गृहमन्त्रि मार्फत फसाएको भन्दै प्रदर्शन गरेका हुन ।
अहिलेको जमानामा पनि नेपालमा जातकै कारण नेपाली चमार समुदायहरुलाई समाज, राज्यले विभिन्न झुठा मुद्धा लगाएर दुख दिएकोले आफुहरु अन्दोलन गरेको र कार्यवन्यन गर्ने निकाय नै चमार समुदायको विपक्षमा भएको भन्दै आफुहरु गृहमन्त्रिकै राजिनामा माग गरेको अध्यक्ष मनोज रामले बताए ।
चमार समुदायहरु माथि राज्य देखि लिएर समाजले समेत अत्याधिक अत्याचार गरिरहेको र यस्तै रवैया रहे देशभरका चमार समुदायहरु अन्दोलनमा होमिन सक्ने भन्दै केन्द्रिय सल्लाहकार सेवल महरा चमारले सरकारलाई चेतावनी समेत दिएका छन ।
उहाले चमार समुदायका युवा सत्येन्द्र कु.राम चमार र नेहा रौनियारलाई राज्यले सुरक्षा दिनुपर्ने , गृहमन्त्रि रमेश लेखक आधिकारीक रुपमा जातिय छुवाछुत गरेकोले पदमा राजिनामा दिएर पिडितहरुलाई न्याय दिलाउनमा पहलकदमी दिनुपर्ने बताए । चमार कल्याण समाज नेपालले अगामी दिनमा समेत देशभरका कुनै पनि चमार समुदायहरु माथि अन्याय अत्याचार गरिए आफुहरु अब नसहने भन्दै त्यसको प्रतिकार गर्नका लागि सदैव आफुहरु तयारी अवस्थामा रहेको केन्द्रिय अध्यक्ष दिनेश चमारले टेलिफोन मार्फत जानकारी दिए ।


