चमार समुदायका धर्मगुरुको जन्मदिनको अवसरमा सर्बजनिक विदाको माग गर्दै प्रधानमन्त्रिलाई देशैभरबाट ज्ञापनपत्र बुझाउदै…

|

हामी सारा चमार जातिहरुको धर्म गुरु सन्तसिरोमणी गुरु रविदासको जन्मज्यन्तिको अवसरमा  सार्वजनिक विदाको माग गर्दै चमार कल्याण समाज नेपाल केन्द्रिय कमिटि , जिल्लाकमिटिहरुले प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यलयलाई प्रमुख जिल्ला अधिकारीहरु मार्फत ज्ञापनपत्र बुझाएका छन ।

समाजको केन्द्रिय अध्यक्ष दिनेश चमार, पर्सा जिल्लाकी सल्लाहकार निला राम, महासचिव बालकेश्वर राम चमार, प्रवक्ता दिपलाल राम, समाजका मधेश प्रदेश महासचिव सुनिल राम , कार्यकारी सदस्य उज्जवल कु.राम चमार, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला अध्यक्ष दशरथ राम, के.सदस्यहरु एवमं जिल्लाका अगुवाहरु , रौतहट जिल्ला कमिटिका अध्यक्ष धर्मेन्द्र कुमार राम चमारको नेतृत्वमा केन्द्रीय उपाध्यक्ष पुनित राम चमार, के.कार्य समितिका सदस्य उदय नरायण राम चमार , जिल्ला कमिटिका सल्लाहकार एवमं वडाध्यक्ष कृष्णानन्दन राम चमार लगाएतले प्र.जि.अ. मार्फत चमार समुदायलाई सार्बजनिक विदा दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाईएको समाजकी केन्द्रिय महासचिव संगिता कुमारी रामले जानकारी दिएकी छिन ।

हाम्रो समाजका धर्म गुरु रविदासको जन्मज्यन्तिको अवसरमा राज्यले यथासिघ्र विदा दिनुपर्ने भन्दै देशभरकै जिल्ला प्रसासन कार्यलयबाट ज्ञापनपत्र बुझाउने क्रम जारी रहेको केन्द्रिय उपाध्यक्ष ओमप्रकास रामले बताए ।

6:28 am प्रकाशित

धेरै पढिएको

ताजा समाचार