चमार कल्याण समाजद्धारा गृहमन्त्रिको राजिनामा माग्दै ज्ञापनपत्र

|

काठमाडौ : गृहमन्त्रि रमेश लेखकले दलित माथि कुरुर अन्याय गरेको भन्दै सारा नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रिय कमिटिले राजिनामाको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यलयलाई ज्ञापनपत्र बुझाएको छ ।

समाजका केन्द्रिय अध्यक्ष मान्यबर दिनेश चमार ज्युको नेतृत्वमा गएको टोलीले गृहमन्त्रि लेखकले आफनो शक्तिको दुरुपयोग गर्दै दलित युवाहरुलाई जबरजस्ती पक्राउ गराएकोले उनले राजिनामा दिएर जातिय छुवाछुत विरुद्धको कसुर बमोजिम जेल चलान हुनुपर्ने अध्यक्ष चमारले माग गर्नुभएको छ ।

हालै सर्लाही जिल्लाको बरहथवा न.पा.का सत्येन्द्र कुमार राम चमारले सोही न.पा.की नेहा रौनियारसगं अन्तरजातिय विवाह गरेकै कारण रौनियारका बुवा सुरेन्द्रले राजनितिक पहुचको अधारमा गृहमन्त्रि रमेश लेखकको ठाडो आदेशमा सत्येन्द्रलाई विभिन्न झुठा मुद्धा लगाई गैरन्यायिक पक्राउ गरि दुख दिईरहेका छन ।

नेपालको संविधानले अन्तरजातिय विवाहलाई मान्यता दिएपनि समाजले अहिले २१ औ शताब्दीमा समेत उचनिच जातपातको कुरालाई बढावा दिएकोले यो नेपाली समाजमा अझै पनि जातिय छुवाछुत बढि मौलाएकोले यसलाई रोक्न दलित अहिलेका युवापिढि लागेपनि राज्यले नै जातिय विभेदको पक्षपोषण गरिरहेको अध्यक्ष चमारले बताएका छन । उहाले संविधानमा दलितहरुको सुरक्षा नेपाल सरकारले गर्ने भनिएपनि ब्यवहारमा राज्यले नै उलंघन गरिरहेकोले यो सारा दलितहरुलाई चरम विभेद भएको बताए ।

ज्ञापनपत्र यस्तो रहेको छ ।

9:04 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार