सिरहा : नेपालका सबै दलित जातिय संगठनहरु एकिकृत भएर अधिकारका लागि लडनुपर्ने नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष दिनेश चमारले बताएका छन । मिजार समाज नेपालको मधेश प्रदेश स्तरीय कार्यक्रमको भेलालाई सम्बोधन गर्दै अध्यक्ष चमारले अबको दलित आन्दोलन सारा जातिय संगठनहरु मिलेर संयुक्त रुपमा गर्नुपर्ने तर्क राख्नुभएको थियो ।
त्यसका लागि दलित समुदायको अधिकारका लागि स्थापना भएका विभिन्न दलित संघसस्थाहरु आफु आफैमा समावेसी हुनुपर्ने, दलित भित्रका चमार, डोम, मुसहरहरुलाई सबै दलित समुदायका सस्थाहरु समाबेस गरि जनसंख्याको अनुपातमा सबैलाई अधिकारको भागेदारी बनाउन सबैलाई अनुरोध गर्नु भयो । यसरी दलितहरु आफैबाट समावेसी तवरले अगाडी बढेमा सारा दलित समुदायहरुको एकिकृत हुन बेर नलाग्ने र दलित आन्दोलन सफल समेत हुने अध्यक्ष चमारको भनाई रहेको थियो ।
मिजारसमाजकाकेन्द्रियउपाध्यक्षबिजयरामकोअध्यक्षतामाभएकोकार्यक्रममानिर्वतमानप्रतिनिधिसभासदस्यजानकीराम , पुर्बमधेशप्रदेशसभासदस्यसुनितामहरा, रामकल्याणसमाजकाकेन्द्रियअध्यक्षप्रथमलालराम , मिजारसमाजनेपालकाकेन्द्रियअध्यक्षज्ञानबहादुरनेपालीलगाएतलेभेलालाईसम्बोधनगर्दैजातियसंगठनहरुएकिकृतहुनुपर्नेबेलाआएकोबताएकाथिए ।
कार्यक्रममा चमार कल्याण समाज नेपालले गर्दै आईरहेको कार्यलाई उच्च मुल्यांकन गर्दै समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।


