कपिलवस्तु : गणतन्त्र रुपी समुद्र मन्थन बाट प्रकट भएका महामानव रुपी सर्बाधिकार सम्पन्न स्थानिय सरकारका संचालक मेयर , उपमेयर, अध्यक्ष , उपाध्यक्ष, वार्ड अध्यक्ष र सदस्य ज्यु हरु तपाई हरुले गणतन्त्र रुपी समुद्र बाट मन्थन गरी निस्केका लक्ष्मी रुपी फल बाट आफ्नो घर परिवार , कुटुम्ब र नाता गोता लाई प्रफुल्लित परेको देखेर हामी नीरीह मानव लाई धेरै खुशी लागि रहे को छ यसबाहेक तपाईहरु अरु केही गर्न पनि सक्नु भएन !
अब तपाईहरु सित एउटा मात्र प्रर्थना छ कि खास गरेर तराईमा तपाईको पालिका/वार्ड खुल्ला दिशा मुक्त त भएको धेरै दिन भई सक्यो तर ब्यवहारमा ५% पनि लागू भएको छैन् अत: अ-आफ्नो क्षेत्र भित्र लोटा, बधनी लिई बिहानै प्रदुषण फैलाउने पुरुष साथै दिनभरी लामो लामो घुंघट र आखां मात्र देखिने गरी कपडा लगाउने लाजवंती आईमाइ समेत बिहानै लाजरुपी मुख्य अगं प्रदर्शन गर्ने परिपाटी बन्द गराउने प्रकृया यथा सिघ्र गरि दिए हामी नीरीह हरु धेरै नै प्रफुल्लित हुने थियों ।
तपाई हरु पनि भोली यमलोकमा गए पछि कम्तीमा समाजको लागि एउटा ठूलो काम गरेर आएको छुं भन्न सक्नु हुन्छ नत्र भने तपाईको हरूको नाम मधु कैटब नै हुनेछौं ।
” लोटा-बधनी त्यागौ ,शौचालय को प्रयोग गरौ ”
” सफा रहौं स्वास्थ बनौ”
लेखक : गेहेन्द्र शुक्ल
ठेगाना : महाराजगन्ज नगरपालिका , कपिलवस्तु


