कपिलवस्तुमा ४ केजि लागु औषध चरेस सहित एक महिला पक्राउ

|

धनी राम काेरी
कपिलवस्तु : कृष्णनगर प्रहरीले ४ केजि ६४६ ग्राम चरेस सहित प्युठानको गौमुखी गाउँपालिका ३ बस्ने बर्ष ३८ कि बासु घर्ती मगरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

रुकुम पुर्वबाट भारत तर्फ लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारत तर्फ जादै गर्दा कृष्णनगर बजार क्षेत्रबाट ती महिलालाई पक्राउ गरेको थियो । निजले बोकेको झोला खानतलासी गर्दा प्लास्टिकमा पोको पारी राखेको ९ पोका चरेश बरामद गरेको हो ।

थप अनुसन्धानको लागि हिरासतमा राख्न सोमबार मात्र म्याद थप गरिनेछ । आइतबार लुम्बिनीमा सार्वजनिक विदा छ।

10:35 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार