महाराजगन्जमा प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने

|

धनी राम काेरी
महाराजगन्ज , पुस २२
कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका वडा नं. १ ले प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता गराउँने भएको छ । वडा स्तरिय क्रिकेट प्रतियोगिता यहि पुस २६ गतेबाट महाराजगन्जमा रहेको श्री जानकारी माध्यमिक विद्यालयकाे प्रांगणमा हुने वडा अध्यक्ष प्रमाेद कुमार चाैधरीले जानकारी दिनुभयो ।

वडा स्तरिय क्रिकेट प्रतियोगिता खेलमा प्रथम हुनेलाई नगद रु १० हजार र द्रोसो हुनेलाई नगद रु ५ हजार अनि प्रशंसा पत्र , मेडल , कप व्यवस्था गरिएको छ । प्रत्येक खेलाडीलाई टि सर्ट काे पनि दिनेछ ।

 

वडा स्तरिय खेल हुने भएकाले वडा नं १ काे टिमलाई सहभागी हुन पाउने छन् । पुस २२ गते देखि २४ गतेसम्म टिम दर्ता गराउन सक्नु हुन्छ ।

6:03 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार