धनी राम काेरी
कपिलवस्तु : दलित सामाजिक विकास केन्द्र कपिलबस्तु द्धारा संचालित हाम्रो पहुँच परियोजना अन्तर्गत श्री बासुदेव जनता माध्यमिक विद्यालय यशोधरा गाउपालिका वडा नं ६ रंगपुरमा गाउपालिका स्तरीय किशोरी भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
सम्पन्न प्रतियोगितामा यशोधरा गाउँपालिका अन्तर्गत ३ वटा सामुदायिक विद्यालयका २२ जना किशोरीहरु भाग लिएका थिए । प्रतियोगितामा श्री बासुदेव जनता माध्यमिक विद्यालय प्रथम, श्री अनिरुद्ध पब्लिकमा विद्यालय द्धितिय र श्री जगन्नाथ माध्यमिक विद्यालय कोपवा तृतिय स्थान प्राप्त गरेको छन । प्रतियोगितामा किशोरीहरु बीच तीब्र प्रतिस्पर्धा रहेको थियो ।
कार्यक्रमका अध्यक्ष अमित कुमार पाण्डेयले बालबालिकाहरुलाई गरिने विभेद अन्तगर्न र क्षमता विकासको लागि संस्थाले यो नमूना काम गरेको भन्दै संस्थालाई धन्यवाद दिनु भयो । किशोरीहरुले यो अवसर पाएकोमा बधाई दिनु भयो । संस्थाले किशोरीहरुलाई लक्षित गरी संचालन गरेको यो प्रतियोगितावाट यशोधरा गाउँपालिकाका किशोरीहरुमा पढाई तथा खेल प्रतियोगिता प्रति रुची बढाएको कुरावहाँले व्यक्त गर्नु भयो ।
कार्यक्रममा भाग लिएका किशोरीहरुले भलिबाटवाट आफूहरुमा यस्ता खेल प्रति रुची तथा प्रतिस्पर्धा गर्ने आँट आएको कुरा व्यक्त गर्नु भएको छ । संस्थाको अध्यक्ष सुरजमति पासीले समुदाय र घर परिवारमा हुने विभेद विरुद्ध सबै किशोरीहरुको जीत भएको बताउनु भयो ।
हाम्रो पहुँच परियोजना संयोजक गोविन्द धवलले लैंगिक हिंसा अन्त्य गर्ने सवालमा आज सबै किशोरीहरुको जीत भएको कुरा व्यक्तगर्नु भयो । संस्थाका सामुदायिक सहजकर्ता दीपा मौर्या, निशा दुवेको संचालन गर्नु भएको थिए ।
त्यसै गरी अञ्जना गुप्ताले स्वागत मन्तब्य तथा कार्यक्रमको उद्धेश्य र औचित्यको वारे जानकारी गुञ्जेश्वरी त्रिपाठीले गर्नु भएको जानकारी संस्थाका कार्यकारी निर्देशक राम शरन रैदासले जानकारी गर्नु भएको छ ।
उक्त कार्यक्रम श्री बासुदेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक अमित कुमार पाण्डेयको अध्यक्षता , यशोधरा गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं.१ का वडाध्यक्ष अब्दुलक्युँम खाँनकाे प्रमुख आतिथ्यितामा उदघाटन तथा समापन भएको छ ।


