हे मेरा गुरुहरु हो
लपाइले मलाइ ज्ञान दियो
जीवन जिउने सहि मार्ग देखायो
तर आज मेरै मार्गमा तिमी नै छौ
एकतर्फ छ मेरो धर्म
जो तपाइलाइ देखाउनु छ
अर्कोतर्फ छ् मेरो कर्म
जो देशको लागि निभाउनु छ
मैले सोचेको पनि थिएन ।
कहिलयै तपाईं र म
आमने सामने हुने छौ, लड्नेछौ
जहा तपाइ आफ्नो अधिकारको लागि
र म आफ्नो कर्तव्यको लागि
मलाइ यहासम्मा ल्याउने तपाइको हाथ छ
तपाईलाइ पनि मेरो भरपुर साथ छ
तर तपाइको उग्रताले
मेरो बिवशता भंग गर्न सक्छ
मलाइ क ख ग सिखाउने हातमा
काठको लाठी चलाउन
बाध्य बनाउने छ ।
तपाइ आफ्नो मर्यादा ननाघ्नु
म आफ्नो जिम्मेवारी निभाउनेछु
संसारलाइ ज्योती दिने
आफै अन्धकारमा परेपछी
संसारलाइ ज्योती कस्ले दिन्छ ?
तपाइ र म आमने सामने छौ
तपाइ हातमा पर्चा र पम्प्लेट
मेरो हातमा लाठी र राइफल
रोएको छ मेरो मन पनि
कामेका छन मेरा हात पनि
तर बिवस छु
मलाइ थाहा छ तपाईं माथीको प्रहार
मेरो जीवन अन्धकार बनाउछ
तर मलाइ मेरो कर्तव्य
निभाउनु छ
मलाइ माफ गर्नु ।
लेखक : युवराज गुप्ता (बैरागी)
ठेगाना : बुद्धभुमि नगरपालिका वडा नं १० पिपरहावा


