ज्ञानेश्वर सहानी
नवलपरासी, पुस २
पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय बेथितीका कारण तीन जना वरिष्ठ डाक्टरले राजीनामा दिएका छन्। अस्पतालका हड्डी रोग, नाक कान घाँटी, र बाल रोग विशेषज्ञ डाक्टरहरूले एकपछि अर्को गरी आफ्नो पद त्याग गरेका हुन्।
गत श्रावण देखि मात्रै डा सरोज काफ्ले को राजीनामा पछि नाक कान घाँटी विभागको सेवा बन्द भएको छ, त्यस्तै गरी बालरोग विशेष डा रोशन पौडेलको राजीनामा को कारणले बाल रोग को विषेशज्ञ सेवा ठप्प बनेको छ भने डा सुदर्शन पाण्डेय को राजीनामा पछि हाड जोर्नी सँग सम्बन्धित सल्यक्रिया सेवा समेत प्रभावित भएको छ l लुम्बिनी प्रदेशमै सबै भन्दा बढी प्रजनन रुगडता सल्यक्रिया गरेको यस अस्पताल मा अहिले यो सेवा समेत प्रभावित भएको छ l सेवा घटे सँगै बिरामी को संख्या मा समेत ठूलो गिरावट आएको छ।OPD बिरामी ३५० देखि ४०० हुने यस अस्पताल मा अहिले १०० देखि १५० मा झरेको छ। त्यसमा नी अधिकांश स्वास्थ्य बीमा को रेफरल लिएर अन्य स्वास्थ्य संस्था मा सेवा लिन जाने बिरामी हुन्छन् l
अस्पतालमा कार्यरत अन्य कर्मचारी र चिकित्सकहरू पनि असन्तुष्ट बनेका छन्। उनीहरू अस्पताल छोड्ने सोचमा रहेको बताइएको छ। एक डाक्टरले नाम नखुलाउने सर्तमा भने, “यहाँ राजनीतिक हस्तक्षेप असहनीय भइसकेको छ। डाक्टरलाई दिनुपर्ने आधारभूत सेवा र सुविधामा समेत कटौती गरिएको छ। यस्तो वातावरणमा काम गर्न कठिन छ।”
त्यस्तै, अर्का एक कर्मचारीले भने वरिष्ठ डाक्टरहरूको सेवा सुविधामा कटौती गरिएको छ, जसका कारण उनीहरूले राजीनामा दिएका हुन्।”नेपाल सरकारको विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन कार्यविधि विपरित सो कार्यक्रम अन्तर्गत काम गर्ने स्वास्थ्यकर्मी लाई दिनु पर्ने सेवा सुविधा समेत नदिएको तथा अवैधानिक रूपले घटाए को,जसका कारण ले विषेशज्ञ चिकित्सकहरु एका एक हस्पिटल छोड्दै गइरहेका छन्।
डाक्टरहरूको अभावले गर्दा अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीहरू मर्कामा परेका छन्। एक सेवाग्राहीले आक्रोश व्यक्त गर्दै भने, “डाक्टर नहुँदा हामीले बाहिर उपचार गराउनुपरेको छ। यो गरीब किसान परिवारका लागि अत्यन्तै खर्चिलो र कठिन कुरा हो। नेताहरूले अस्पताल सुधारतर्फ ध्यान दिनुको सट्टा डाक्टरहरूको सरुवा गराउने रोक्ने जस्ता स्वार्थी काम मात्रै गरिरहेका छन्।”
मेडिकल सुपरिटेन्डेन्ट डा. नुरुहोदाको सरुवा भएको एक महिना बितिसक्दा पनि जिम्मेवारी हस्तान्तरण नगर्दा अस्पतालको व्यवस्थापन झन् कमजोर बनेको छ। यसले सेवाको गुणस्तरलाई झनै असर पारेको छ। १५ दिन भित्रै रमाना लिने प्रावधान विपरीत रवाना न लिई, सरुवा भएका कर्मचारी ले येथासिग्र रमाना लिने मुख्यमन्त्री कार्यालय को पत्राचार लाई समेत अटेरी गरी बसिरहेका छन् l केही दिन पूर्व काज फिर्ता भएका एक चिकित्सकलाई विधान विपरित पत्र नै नदीई एक घण्टा मै रमाना बनाउने निकृष्ट काम गरेका थिए ।
पृथ्वीचन्द्र अस्पतालको व्यवस्थापन समितिमा जसपा नेपालको नेतृत्व रहेको छ। तर, राजनीतिक किचलो र हस्तक्षेपले अस्पतालको सेवा गुणस्तर निरन्तर खस्कँदै गएको छ।
पृथ्वीचन्द्र अस्पतालमा राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय कमजोरीका कारण कर्मचारी, डाक्टर, र सेवाग्राही सबै प्रभावित भएका छन्। अस्पताललाई पुनः गतिशील रूपमा सञ्चालनमा ल्याउन र सेवाको गुणस्तर सुधार गर्न तत्काल राजनीतिक र प्रशासनिक सुधारको खाँचो देखिन्छ।