धनी राम काेरी
राैतहट : जिल्लाकाे कटहरिया नगरपालिकामा आज सारा नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रिय कमिटिको विस्तारकाे लागि ऐतिहासिक बैठक सम्पन्न भएको छ ।
चमार कल्याण समाज नेपालको केन्द्रिय कमिटिमा देशभरका लगभग १८ जिल्ला एवमं प्रवास कमिटिका प्रतिनिधीहरु समावेश गरी केन्द्रीय कमिटी विस्तार बैठक दिनेश चमारको अध्यक्षतामा सम्पन्न भएको हाे ।
जसको केन्द्रिय कमिटीको लुम्बिनी, कोशी प्रदेशमा थप हुनेगरी उपाध्यक्षमा ओम प्रकास राम चमार(रौतहट) , महासचिवमा संगिता कुमारी राम (रौतहट) , सचिव रन्जित कुमार महरा (धनुषा), मधु कुमारी राम चमार (पर्सा) ,कोषाध्यक्षमा सुरेन्द्र महरा चमार (सिरहा) , सहकोषाध्यक्ष गुन्जा कुमारी राम (सप्तरी) र सदस्यहरुमा बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिरहा,सप्तरी, सुनसरी, मोरगं , झापा, रुपन्देही, कपिलबस्तु, नवलपरासी, बाके, बर्दिया , उपत्यका कमिटिबाट ५ जना (२ महिला) सहितलाई निर्विरोध चयन गरिएको छ ।
चमार कल्याण समाज नेपालको केन्द्रिय कमिटिमा ५ जना उपाध्यक्ष, ५ जना सचिव समेत हरेक प्रदेशबाट भुगोल मिलाएर पदपुर्ति गर्ने केन्द्रिय महासचिव संगिता कुमारी राम चमारले जानकारी दिनुभयो ।
महासचिव रामका अनुसार संगठनको बरिष्ठ सल्लाहकारमा सेवल महरा चमार , सुकदेव राम र थप लुम्बिनी प्रदेश, उपत्यका कमिटि र कोशी प्रदेशकबाट थप गर्ने एवमं प्रेस सल्लाहकारमा धनी राम कोरी चमारलाई राख्ने निर्णय गरिएको छ ।
चमार कल्याण समाज नेपालले चमार समुदाय लगायत अन्य समुदायको लागि पनि तत्पर रहेको कुरा चमार कल्याण समाजको अध्यक्ष दिनेश चमारले बताउनु भयो । नेपाल देश मात्र नभएर विदेशमा पनि हाम्रो संगठन सक्रिय रुपमा काम गरिएको बताउनु भयो ।